तनावकै बीचमा अचानक सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड
225 - 225Shares

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचानक सिन्धुपालचोकको सुकुटे पुगेका छन् ।
पछिल्लो समय भेनेजुएला संकटबारे जारी गरेको विज्ञप्ति विवादमा तानिएपछि प्रचण्ड तनावमा परेका छन् । सोही कारण उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
यही अवस्थामा उनी बुधबार सुकुटे पुगेका हुन् । यसअघि मानसिक तनाव र रिफ्रेसका लागि प्रचण्ड सुकुटे पुग्ने गरे पनि यसपटक भने सिन्धुपाल्चोकको कुभिन्डेस्थित सेतिदेवी पञ्चकन्या माविको ४२ औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन त्यहाँ गएका हुन् ।
सुकुटेमा खाना खाएर उनी कार्यक्रममा सहभागी भएका थिए । सुकुटे पुग्दा प्रचण्डलाई सिन्धुपाल्चोक १ का सांसद अग्निप्रसाद सापकोटालगायतले स्वागत गरेका थिए ।