बलिउड स्टार सलमान पूर्वप्रेमी क्याट्रिनासँग विवाह गर्दै ?

  • 1.8K
  •  
  •  
    1.8K
    Shares

काठमाडौँ । बलिउड फिल्म उद्योगका सुपरस्टार सलमान खान हिन्दी फिल्म उद्योगका एक स्टार हुन् । विश्वमाझ आफ्नो अभिनयको कारण चिरपरिचित रहेका सलमानसँग करियमा थुप्रै अभिनेत्रीहरुसँग नाम जोडियो । सायद कमै होलान् ती चर्चित अभिनेत्री जो सलमानको प्रेमबाट टाढा रहे ।

तर उनको प्रेम सम्बन्ध कुनै अभिनेत्रीसँग पनि लामो समय टिक्न सकेन । उनीसँग प्रेममा रहेका धेरै अभिनेत्रीले विवाह गरेर आमा पनि बनिसकेका छन् । विवाह गर्ने उमेर काटिसकेका सलमानलाई उनको फ्यानहरुको प्रश्न हुने गर्छ विवाह कहिले ? यद्यपी लामो समयदेखि यस्तो प्रश्नको सिकार बनेका उनी अब केही दिनमा नै पूर्वप्रेमी समेत रहेकी बलिउड अभिनेत्री क्याट्रिना कैफसँग विवाह गर्ने भएका छन् ।

तर वास्तविक जीवनमा नभएर फिल्मको लागि हो । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार सलमानले आफ्नो फिल्म ‘भारत’ कोे छायांकनको लागि क्याट्रिनासँग विवाह गर्ने भएको हुन् । फिल्म ‘भारत’ को एउटा गीतको लागि सलमानले क्याट्रिनासँग विवाह गर्नुपर्ने भएकाले फिल्म निर्माण टिम केही दिनमा नै विवाहको सिन तयार गर्नेमा जुटिरहेका छन् ।

अली अब्बास जफरको निर्देशनमा बन्न लागेको उक्त फिल्म दर्शकहरुले अत्याधिक रुचाउने निर्माण टिमले विश्वास लिएक छ । फिल्म इदको अवस पारेर रिजिल गरिनेछ । सलमान र क्याट्रिनाको मुख्य भूमिका रहेको फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 3