पुरुषको भन्दा महिलाको दिमाग तीन वर्ष जवान हुने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । वासिङ्टन युनिभर्सिटीका शोधकर्ताले पुरुषहरुको तुलनामा महिलाको दिमाग तीन वर्ष जवान हुने बताएका छन् । पुरुषको दिमाग भन्दा महिलाहरुको उमेरअनुसार २.४ वर्ष बुढो र महिलाहरुको दिमाग ३.८ वर्ष जवान रहने अनुसन्धानबाट पत्ता लागेको छ । अनुसन्धानकर्ताको अनुसार २० वर्षका युवा युवतीमा यो आँकडा थप सटिक रहेको पाइएको छ ।

मानिसको दिमागलाई सुगरको प्रयोगलाई बनाइयो आधार : करिब २ सय ५ जना व्यक्तिमाथि गरिएको अनुसन्धानबाट यस्तो पत्ता लागेको हो । एरोबिक ग्लाइकोसिस प्रक्रियाको क्रममा मस्तिष्कमा सुगरको प्रयोग कसरी हुन्छ भन्ने थाहा पाउन अनुसन्धान गरिएको थियो । यस्तो प्रक्रियाल दिमागलाई विकास गर्न महत्वपूर्ण भूमिका निभाउने र उमेरसँगै यो प्रक्रिया सुस्त हुने बताइएको छ ।

२० देखि ८२ वर्षका एक सय २१ महिला र ८४ हजार पुरुषमा यो परिक्षण गरिएको थियो । त्यतिबेला मानिसको दिमागमा अक्सिजन र ग्लुकोजको संचार कति हुन्छ र दिमागको विभिन्न भागहरुमा सुगरकको प्रयोग कति हुन्छ भनेर जान्न यस्तो अनुसन्धन गरिएको थियो । आर्टिफिशियल इन्टेलिजेन्सको सहयोगमा मेटाबोलिजमको आधारमा महिला र पुरुषको दिमाग र उमेरबीच कस्तो सम्बन्ध छ भन्ने बारे थाहा पाउन अनुसन्धान थालिएको थियो ।

वासिङ्टन युनिभर्सिटीका असिस्टेन्ट प्रोफेसर मनु गोयलको अनुसार वैज्ञानिकले सेक्ससँग जोडिएको विभिन्न मस्तिष्क उमेर सम्बन्ध कस्तो हुन्छ भन्ने बारे थाहा पाउने उद्देश्य राखेको बताएका छन् । वैज्ञानिकहरुले मस्तिष्कसँग जोडिएका रोगहरुको कारण केके हुन भन्ने बारे अनुसन्धान गरिरहेका छन् । मेटाबोलिजमको मद्दतले महिला र पुरुषको मस्तिष्कमा उमेर अनुसार देखिने परिवर्तन पत्ता लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 50