यी हुन् यौनसम्पर्कबाट सर्ने चार खतरनाक रोग

  • 78
  •  
  •  
    78
    Shares

काठमाडौँ । पछिल्लो समय मानिसहरुमा विभिन्न किसिमका भयानक रोगहरु देखिन थालेका छन् । शारिरिक सम्पर्कबाट पैदा भएको खतरनाक रोक मानिएको एड्सभन्दा डरलाग्दा रोगहरु आउने क्रम बढ्दै गएको छ । आज हामी तपाईहरुलाई यस्तै खतरनाक चार व्याक्टेरियाको बारेमा जानकारी दिन गइरहेका छौँ । जसले मानव जीवनमा ठूलो क्षति पुर्याउँछ ।

१.नाइसेरिया मेनिन्जाइटिसः यो रोगलाई मेनिन्गोकसको नामले चिनिने गरेको छ । यो ब्याक्टेरयाले दिमाग र मेरुदण्डको हड्डीमा संक्रमण गर्ने गर्छ । यो रोग यूरोजेनिटल संक्रमणका लागि परिचित छ । ७० को दशकमा गरिएको एक अनसन्धानमा चिम्पान्जीको नाम गला हुँदै यो रोगको ब्याक्टेरिया यौनाङ्सम्म पुगेको थियो । जुन संक्रमणलाई युथरल भनिन्छ । यो ब्याक्टेरिया घाँटी वा नाकको बाटो हुँदै शरिर भित्र प्रवेश गर्छ ।

यस्तो रोगको ब्याक्टेरिया एक व्यक्तिबाट पार्टनरमा मुख मैथुन गर्दा र अन्य प्रकारबाट सम्पर्कमा आउने गर्छ । संसारभरि हुने ५ प्रकारको यौन संक्रमणका लागि एन। मेनिन्जाइटिस जिम्मेवार रहेको छ । यद्यपी यस्तो ब्याक्टेरियाको उपचार गर्न दुईवटा खोप उपलब्ध छन् जसको मद्दतले यो ब्याक्टेरियाको प्रभावलाई नियन्त्रण गर्न सकिन्छ ।

२.माइकोप्लाजमा जेनिटेलियमः यो संसारको सबैभन्दा सुक्ष्म ब्याक्टेरिया हो । यस्तो ब्याक्टेरिया मार्फत् हुने यौनजन्य संक्रमण संसारको सबैभन्दा ठूलो समस्या बन्दै गएको छ । सन् १९८० को दशकमा पहिचान भएको उक्त रोगको ब्याक्टेरियाले बिस्तारै १ दुई प्रतिशत मानिसमा सक्रमण सुरु भएको पाइएको छ । तीब्र रुपमा यो रोग युवा र वयस्कमा फैलिदै गएको छ ।

यस्तो ब्याक्टेरियाको कारण बाझोपन, गर्भपतन, समय अगाबै प्रसब र भ्रुणको मृत्युसमेत हुन सक्ने सम्भावना धेरै हुन्छ । कण्डमको प्रयोगले यौन सम्पकै गर्दा पनि पार्टनरलाई यस्तो रोग सर्ने देखिएको छ । एम जेनिटेलियमलाई रोक्न एन्टिबायोटिक औषधी प्रयोग गरिएको र एजिथ्रोमाइसिन र डक्सीसाइक्लिनको प्रयोग नगर्न अनुसन्धानकर्ताले सुझाव दिएका छन् ।

३.शिगेला फ्लेक्जेनरीः यो रोगलाई विशेष गरेर शिग्लोसिसको नामले चिनिन्छ । मानविय मलको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा आउँदा फैलने गर्छ । यो रोगको सक्रमणले अत्याधिक पेछट दुख्ने झाडापखला लाग्ने जस्ता समस्याहरु देखा पर्छ । एस. फ्लोक्जेनरी मूल रुपमा मुख मैथुन र मलद्धारमा यौनसम्पर्क गर्दा फैलिन्छ । संसारमा यस्तो रोगको संक्रमण फैलिदै गएको वैज्ञानिकहरुको भनाइ छ ।

४.लिन्फोंग्रानुलोमा वेनेरेउम एलजीवी ः यो रोग क्लेमाइडिया ट्रेकोमाटिस नामको ब्याक्टेरियाका कारण पैदा हुन्छ । यो एक प्रकारको खतरनाक रोग हो । एलजीवीको संक्रमणको कारण अस्थायी डण्डीफोर, यौनाङगमा अल्सर जस्त समस्या देखा पर्छ । यो रोगको ब्याक्टेरियाले शरिरको लसका तन्त्तिकामा आक्रमण गर्छ ।

रेक्टल संक्रमण आन्द्रासँग जोडिएको हुन्छ । यसको सक्रमणले मलाशयको गम्भिर रोगको कारण पनि बन्छ । पछिल्लो एक दशकदेखि एलजीवी युरोप र उत्तरीअमेरिकामा तीब्र बढ्दै गएको छ । यो रोग बाइसेक्सुअल समलिङ्गीमा देखिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

53 − = 45