कर्णाली महोत्सवको तयारीमा जुटेका कलाकारमाथि खुँडा प्रहार, उपचारका लागि लखनउ लगियो, अवस्था चिन्ताजनक

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौं, २४ माघ । सुर्खेतमा टाइगर भनिने हेमन्त शाहीको समूहको आक्रमणमा परी एक कलाकार गम्भीर घाइते भएका छन् ।

फागुन ३ गतेदेखि सुरु हुने ‘कर्णाली महोत्सव २०७५’ को तयारीमा जुटेका कलाकार जनक तारामी मगरमाथि बुधबार साँझ साढे ७ बजे पुल ओए कटेजमा टाइगर समूहका युवाहरूले खुँडा प्रहार गरेका हुन् । त्यसबेला मगर खाजाको बिल तिर्दै थिए ।

खुँडा प्रहार रोक्न खोज्दा मगरको टाउकोमा गम्भीर चोट लागेको छ । औंंला काटिएको छ । रगताम्य मगरलाई तत्काल उपचारका लागि सुर्खेत अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई भारतको लखनउ लगिएको छ ।

कलाकार जनक ताराम मगर बागिना समूह सुर्खेतबाट कलाकारिता सुरु गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान हुँदै हाल उनी मगर सांस्कृतिक संघ (लिसार) का अध्यक्ष तथा नृत्य निर्देशक तथा मोडल र गायक पनि हुन् ।

बागिना समूहका अध्यक्ष गोविन्द कोइरालाले आक्रमणको विरोध गर्दै कलाकारको पूर्ण सुरक्षाको ग्यारेन्टी नहुँदासम्म जिल्लामा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

‘यो घटनाबाट कलाकार नै असुरक्षित भएका छन् । उनीहरूको हातखुट्टा नै काटिएको छ, सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने माग हामीले प्रहरी प्रशासनसमक्ष गरेका छौं,’ उनले भने, ‘यदि यस्तो प्रवृत्ति रोक्न नसकिए भोलि जुनसुकै व्यक्तिमाथि आक्रमण हुन सक्छ ।’

‘कर्णाली महोत्सव २०७५’ चेम्बर अफ कमर्सको आयोजनामा हुन लागेको थियो । तर, कलाकारमाथि नै आक्रमण भएपछि महोत्सव प्रभावित हुने सम्भावना देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 9 = 1