कृष्ण र रुपाले भने ‘हामीलाई सहयोग पुगिसक्यो अब नगर्नुस’

  • 507
  •  
  •  
    507
    Shares

एजेन्सी, पछिल्लो समय चर्चामा रहेका जोडी हुन् कृष्ण र रुपा । करेण्ट लागी दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओली र रुपा ओलीको बारेमा त तपाईंलाई धेरै थाहा भैसक्यो होला । देश विदेशबाट धेरै आर्थिक सहयोग पाएपछि अब उनीहरुले सहयोग नगर्न अनुरोध गरेका छन् । केहि दिन अघि मात्र कृष्ण ओलीले कृतिम खुट्टा लगाएका थिए । एक अन्तर्वार्ताको क्रममा उनले भने ‘हामीलाई अमेरिका युएस बाट ७० – ७२ लाख आउंदै छ ।

उक्त रकम आएपछि हामीलाई उपचार खर्च पुग्छ त्यसैले हामी यो अभियान बन्द गर्न चाहन्छौं ।’ यस भन्दा अगाडी १ करोड ४८ लाख जम्मा भएको पनि रुपाले जानकारी गराइन् । ‘कसैले अझै पनि रकम जम्मा गर्नु भएको छ भने हामी जस्तै पिडितलाई सहयोग गर्न सक्नुहुन्छ’ उनीहरुले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7