‘को बन्छ करोडपति’को दोस्रो एपिसोडमा एक महिला प्रतियोगीसँग यसरी नाचे महानायक (भिडियो)

  • 76
  •  
  •  
    76
    Shares

काठमाडौ । अहिले ‘को बन्छ करोडपति’ को दोस्रो एपिसोडको प्रोमो सार्वजनिक भएको छ । पहिलो एपिसोडमा गत हप्ता महानायक राजेश हमालले सहभागी १० मध्ये अभिषेक रघुवंशीसँग को बन्छ करोडपति खेलेका थिए । उनले उक्त कार्यक्रमबाट दश हजार जितेर गए ।

यो कार्यक्रम ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ यो हप्ताबाट एपिवान टेलिभिजनबाट हप्ताको शनिबार, आइतबार र सोमबार ८३० बजे प्रसारण हुनेछ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । जसमा चुनिएका १० जना सहभागी हट सिटको लागि प्रतिष्पर्धा गर्ने र तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् ।

उता भारतमा भने‘कौन बनेगा करोडपति’ शोलाई अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन् । रबीएन मिडियाको सहप्रायोजन रहेको कार्यक्रमलाई कोकाकोला, सिलभिल बैंक, इन्डिका हेयर कलर, बाल्टा«, होम एप्लाइन्स, स्विट द्याट पिड्स, एजुकेसन पार्क, इन्चान्टेयर, हिरो आदिले स्पोन्सर गरेका छन् ।

तर यो हप्ताको प्रोमोमा राजेश हमाल आफ्नै चर्चित गीत रातो टिक निधारमा’मा प्रतियोगीसँग नाचेको देख्न सकिन्छ । जसले गर्दा दोस्रो एपिसोडले सबैको मन तानेको छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

65 − 62 =