युवराज ज्ञवाली भन्छन्, प्रधानमन्त्री ओलीले पार्टी सचिवालयको वक्तव्यभन्दा बाहिर गएर बोल्नु गलत

  • 9
  •  
  •  
    9
    Shares

काठमाडौँ, २५ माघ । भेनेजुयला प्रकरण मत्थर हुने सम्भावना अझै देखिएको छैन । यसले नेकपामा भुसको आगोको रूप लिँदै गएको छ । पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड आरोप–प्रत्यारोपमा ओर्लेका छन् ।

नेकपाको विधानमा एकजना अध्यक्ष बाहिर गएका बेला देशमा रहेका अर्का अध्यक्षले स्वतः पार्टी अध्यक्षको रूपमा काम गर्न पाउने उल्लेख छ । सोही कारण ओली स्विटजरल्यान्ड भएकै बेला अर्का अध्यक्ष प्रचण्डले भेनेजुयलामाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै मान्ने नहुने कडा विज्ञप्ति जारी गरेका थिए ।

सो विज्ञप्तिमा नेकपा र सरकारले पनि आधिकारिक रहेको धारणा सार्वजनिक गरे । तर, प्रधानमन्त्री ओलीले ‘भेनेजुयला प्रकरणमा प्रचण्ड चिप्लेको’ भनेपछि अहिले पार्टीका अन्य नेताहरू प्रधानमन्त्री ओलीविरुद्ध खनिएका छन् ।

नेकपाका नेता युवराज ज्ञवालीले बिहीबार एक रेडियोलाई अन्तर्वार्ता दिँदै नेताहरूको बोलीले पार्टी र सरकारले गरेका काम ओझेलमा परेको बताए । ‘कतिपय नेताहरूको बोली र व्यवहारले सरकारका राम्रा कामहरूलाई पनि ओझेल पारेको छ,’ उनले भने, ‘नेताहरू बोल्दा गम्भीर हुने, कम बोल्ने र विचार गरेर मात्रै बोल्ने गर्नुपर्दछ ।’

भेनेजुएला प्रकरणका बारेमा पार्टीका दुई अध्यक्षमध्ये प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको बोली बाझिएपछि उनले बिचार पु¥याएर बोल्न आग्रह गरेका हुन् । नेता ज्ञवालीले प्रधानमन्त्री ओलीको अभिव्यक्ति पार्टी सचिवालयले जारी गरेको वक्तव्यभन्दा बाहिर रहेको भन्दै त्यसरी बोल्नु गलत भएको बताए । ‘सचिवालयको वक्तव्य नै आधिकारिक हो, प्रधानमन्त्रीको भनाइ र अर्का अध्यक्ष प्रचण्डजीको भनाइ के छ भन्ने कुरा गौण हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 9