सुजाता कोइरालाको नाम लिँदै विभिन्न देशको दूतावास र संघसंस्था धाउने गिरोह सक्रिय

  • 15
  •  
  •  
    15
    Shares

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले केही दिनदेखि आफ्नो नाम लिएर विभिन्न देशका दूतावास धाउने र संघसंस्थाबाट काम पट्याउने गरेको सूचना आफूले पाएको भन्दै ती व्यक्तिको खोजी गरी कानुनी कारबाही गर्न माग गरेकी छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले शुक्रबार फेसबुकमार्फत यस्तो रहस्य खोलेकी हुन् । उनले आफू र आफ्नो सचिवालयलाई बदनाम गर्ने काममा केही समूह लागेको जनाएकी छन् ।

‘म र मेरो सचिवालयको बदनाम गर्ने तरिकाले केही दिनदेखि केही व्यक्तिहरु नेपालस्थित विभिन्न देशको राजदूतवास र विभिन्न संघसंस्थामा गएर मेरो र सचिवालयको नाम जोडेर आफ्नो काम लिन लागिरहेको खबर जानकारीमा आएको छ,’ सुजाताले लेखेकी छन् ।

उनले अहिले आफू संघीय संसदको सांसद र नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेको जानकारी गराउँदै सचिवालयमा लक्ष्मण थपलिया निजी सचिव रहेको उनीबाहेक अरु कोही व्यक्तिले सचिवालयको कर्मचारी हुँ भन्दै कुनै किसिमको पत्राचार तथा सम्पर्क गरेमा त्यसलाई अस्वीकार गरी मेरो सचिवालयमा सिधै सम्पर्क गर्न आग्रह गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

85 ÷ = 17