चर्चित कमेडियन ब्रह्मानन्दमको मुटुको अप्रेशन, अलु अर्जुनले भेटे , लेखे यस्तो स्टाटस

  • 168
  •  
  •  
  •  
  •  
    168
    Shares

कलाकार ब्रह्मानन्दम दक्षिण भारतीय फिल्म उद्योगका निकै चर्चित हाँस्यकलाकार हुन् । भर्खरै उनको भारतको मुम्बईमा मुटुको अप्रेशन भएको छ । 

छातिमा समस्या आएपछि अस्पताल  पुगको उनलाई डाक्टरहरुले अप्रेशन गर्ने सल्लाह दिएका थिए ।

सोही ब्रह्मानन्दमलाई अर्का दक्षिण भारतीय अभिनेता अलु अर्जुनले भेटेका छन् । भेटपछिको तस्वीर उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मर्फात सार्वजनिक गर्दै आफू ब्रह्मानन्दमको फ्यान भएको समेत उल्लेख गरेका छन् ।

अलु अर्जुन र ब्रह्मानन्दमले कैयौं फिल्ममा साथै काम गरेका छन् । उनलाई भेटेपछि अलु अर्जुनले लेखेका छन्, ‘वास्ताविक आइरन म्यान, एक बलियो हृदय भएका मानिस । रमाइलो र निडर , मेरा किलबिल पाण्डेलाई देखेर निकै खुशी भएको छु । लभ ब्रामी ।’ 

ब्रह्मानन्दम एक फिल्ममा काम गर्नका लागि एक करोड भारु लिन्छन् । ब्रह्मानन्दम यति चर्चित छन्की साउथका हरेक दुई वा तीन फिल्म मध्ये एकमा उनी देखिन्छन् । 

ब्रह्मानन्दमको हार्टको सर्जरी एशिय हार्ट सेन्टरका डाक्टर रमाकान्त पांडाले गरेका हुन् । ब्रह्मानन्दमको नाम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ता छ । यो रेकर्ड २००७ मा एकै भाषामा ७०० भन्दा धेरै फिल्ममा अभिनय गरेकोमा दर्ता गरिएको हो ।

उनले तीन दशकको फिल्मी करिअरमा १००० भन्दा धेरै फिल्ममा काम गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 2