कस्ता थिए हिटलर ? आफैँलाई गोली हान्नु अघि भनेका थिए यी कुरा (जान्नुस्)

  • 151
  •  
  •  
  •  
  •  
    151
    Shares

काठमाडौ ।जर्मनीको नाजी पार्टीका नेता अडोल्फ हिटलरको चर्चा अहिले पनि विश्वभर हुन्छ । लाखौँ यहुदीको सम्हार गरेका हिटलरकै कारण दोस्रो विश्वयुद्ध भएको थियो । सो युद्धमा ६ करोड मानिसले ज्यान गुमाए । क्रुर तानाशाहको संज्ञा पाएका हिटलरको जीवनका केही रोचक र भावुक बनाउने तथ्यहरु जान्नुस् ।

-गरिबीकै कारण हिटलरले पढ्न पाएनन् । किनभने उनकी आमा गरिबीको चपेटामा फसेकी थिइन् ।

-हिटलरले बाल्यकालमा पादरी बन्ने सपना देख्थे । किनभने, चार वर्षको उमेर हुँदा एक पादरीले उनलाई पानीमा डुबेर मर्नबाट बचाएका थिए । त्यसो त उनका हजुरबुबा नै यहुदी थिए ।

– उनले पढाई छोडर पेन्टिङतिर लागेका थिए । तर आफू १८ वर्षको हुँदा आमाले पनि छाडेर गइन् र स्कुल अफ आर्टबाट पनि तिरस्कृत भएपछि उनी राजनीतितर्फ लागेका थिए ।

-पहिलो विश्वयुद्धमा भाग्यले बाँचेका थिए । किनभने यो युद्धमा ब्रिटिस सैनिकहरूले एक घाइते जर्मन सैनिकको ज्यान बक्सिस दिएका थिए । ती भाग्यमानी सैनिक अरू कोही नभएर हिटलर नै थिए ।

– यहुदीमाथि धेरै अत्याचार गर्ने हिटलरकी पहिली प्रेमिका यहुदी नै थिइन् । ‘भक्सवेगन बेटल कार’ बनाउने तरिका पनि उनले एक यहुदी इन्जिनियरबाटै चोरेका थिए ।

-धूम्रपानको पहिलो विरोधी र शाकाहारी थिए । तर ड्रग्सको लतका कारण रोगले पीडित थिए ।

आफैँलाई गोली हान्नु अघि यसो भनेको थिए हिटलरले ,
१९४५ पछि हिटलरको एउटै मा चाहाना गरेका थिए आफ्नो मृत्युको तयारी कसरी गनै भन्ने । त्यसपछि उनले आफ्नो अंगरक्षकलाई बोलाएर यी ३ कुरा भनेका थिए, म आफैले आफैलाई गोली हानेर मरे भने तिमीले मेरो मृत शरिलाई बगैचामा लगेर आगो लगाइदिनु । तर मेरो मृत्यु पछि कसैले मलाई नदेखुन र नचिनुन भनेका थिए ।

त्यसपछि तिमी मेरो कोठामा जानु मेरो बर्दी, कागज र मैले चलाएका हरेक बस्तु जम्मा गर्नु र बाहिर आएर त्यसमा पनि आगो लगाइदिनु । तर अटोग्राफले बनाएको फ्रडरिकको महान चित्र तिमीले नछुनु । किनभने जसलाई मेरो ड्राइभरले मेरो मृत्युपछि सुरक्षित बसर्लनबाट बाहिर लगेर जानेछन् । भनेर मृत्यु अघि बताएका थिए ।

अर्को रोचक कुरा आफ्नो जीवनको अन्तिम दिनमा पनि हिटलरले जमिनको ५० फिट तल सुरुङ बनाएर काम गरेका थिए । र त्यही सुत्ने समेत गर्दथे। र कहिले काहिँ मात्र बाहिर आउने गर्दथे। जुन ठाउँमा चारै तिर बमले ध्वस्त भएका भवन रहेका थिए ।

हिटलरले आत्महत्याकै दिन इवा ब्राउनसँग विवाह गरेका थिए । आफैलाई गोली चलाउनु अघि इवाले उनलाई छोडेर कतै नजाने भन्दै विलौना गरेकी थिइन्। तर त्यो विलौना नसुनी हिटलरले अन्तिममा आत्महत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 6 = 1