श्रीमतीलाई नर्सिङ परिषदको रजिस्ट्रार नियुक्ति दिलाएपछि योगेश भट्टराई आलोचित

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

काठमाडौं, २५ माघ । पछिल्लो समय केपी ओली नेतृत्वको सरकारको सबैभन्दा ठूले रक्षाकवच भन्ने नेता भएका छन् योगेश भट्टराई । चुनावका बेला ओलीले आफूलाई मन्त्री बनाइदिने आश्वासन दिएर पनि पछि नबनाएपछि उनले सरकारको आलोचना गर्दै हिँडेका थिए ।

६ महिनासम्म उनले पार्टी र अन्य फोरममा प्रधानमन्त्री ओलीसहित सबै मन्त्रीको कामको विरोध गरे । जनस्तरमा राम्रो लोकप्रियता कमाए । ‘योगेश भट्टराई जस्तो काविल नेतालाई मन्त्री नबनाएर ओलीले ठूलो गल्ती गरे’ भन्नेसम्मको एउटा धारणा बनाएपछि प्रधानमन्त्री ओलीले पनि महसुस गरे ।

सोही समयमा डा.गोविन्द केसी आमरण अनसनमा बसे गत साउनमा । केसीको १५औं अनसनका बेला योगेशले त्यति चासो देखाएनन् किनकि उनलाई आफू मन्त्री नबनाएकोमा धेरै रिस थियो । योगेश नेपाल बस्न छाडेर विदेश घुम्न थालेपछि प्रधानमन्त्री ओलीले उनीसँग सम्बन्ध सुधार गरे ।

त्यसपछि प्रधानन्यायाधीश नियुक्तिको बेला आयो । दीपकराज जोशी प्रधानन्यायाधीशमा सिफारिस भए । तर, योगेश आफैंले नेतृत्व गरेर संसदीय सुनुवाइ विशेष समितिबाट जोशीको नाम अस्वीकृत गरिदिए । त्यसबेलासम्म योगेशले आफ्नी श्रीमती विन्दा घिमिरेलाई नर्सिङ परिषदको रजिस्ट्रारमा नियुक्ति दिलाइसकेका थिए । तर, त्यो समाचार उनी निकट पत्रकारले बाहिर ल्याएनन् ।

लगत्तै डा.केसी १६औं अनसनमा बसे । १५औं अनसनमा चुपचाप बसेका योगेश १६औं अनसनका बेला केसीमाथि खनिए । एकाएक योगेश केसीमाथि खनिनुको रहस्य धेरैले चाल पाइसकेका थिए । धेरैलाई उनलाई मन्त्री बनाइँदैछ भन्ने लागेको थियो । ६ महिनापछि मात्र योगेशकी श्रीमती विन्दा घिमिरे नर्सिङ परिषदको रजिस्ट्रारमा नियुक्त भएको खबर बाहिरियो ।

श्रीमतीलाई नर्सिङ परिषदको रजिस्ट्रार नियुक्ति गराएको समाचार आएपछि योगेश भट्टराई आलोचित बनेका छन् । चिकित्सा शिक्षाका नर्सिङ कार्यक्रममा विकृति फस्टाइरहेका बेला विश्वविद्यालय र नर्सिङ परिषदमा सत्तारूढ दलका प्रभावशाली नेताहरूका नातेदार नियुक्त भएका हुन् । सिटिइभिटी तथा विश्वविद्यालयका कार्यक्रममा सबैभन्दा बढी विकृति मौलाएको संस्था पूर्वाञ्चल विश्वविद्यालय र नर्सिङ परिषद हो ।

परिषदमा पन्ध्र सदस्यीय बोर्ड गठन हुने गरेको छ । यो सबै राजनीतिक नियुक्ति हो । परिषदमा अध्यक्ष, उपाध्यक्ष, विज्ञ नर्स, नर्सिङ डाइरेक्टर, रजिस्ट्रार, उपभोक्ता मञ्चबाट, क्याम्पस प्रमुखबाट दुईजना, नर्सिङ संघ अध्यक्ष पदेन सदस्य, सदस्यमध्येबाट चुनाव गरेर तीनजना, सिटिइभिटीबाट एकजना, क्षेत्रीयबाट एकजना र स्वास्थ्य सेवा विभागबाट नियुक्ति हुने व्यवस्था छ ।

योगेशकी श्रीमती घिमिरे स्वास्थ्य सेवा विभागका महानिर्देशकको सिफारिसमा चार वर्षअघि परिषद सदस्य बनेकी थिइन् । यसअघि उनी त्रिवि शिक्षण अस्पतालमा नर्स थिइन् । योगेशको काठमाडौंमा आफ्नै आलिसान महल छ । त्यो घर श्रीमतीको नाममा छ । तर पनि उनले संसदबाट मासिक घरभाडा बुझ्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = 2