“नाइलनको साडीमा” की गायिका सुजाता सानोमा एकदम चकचके, सुनौं उनकै मुखबाट बचपनका रमाइला र ठट्यौली कुरा

  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares


आयुष्मा खत्री /काठमाडौं, २५ माघ । गायिका सुजाता बर्मा शास्त्रीय संगीतमा पोख्त छिन् । सरकारी छात्रवृत्ति पाएर भारत कोलकाताको रवीन्द्र भारती विश्वविद्यालयबाट संगीतमा स्नातक र मास्टर्स गरेकी सुजाता अहिले गायनका अलावा शिक्षण पेसा पनि गर्छिन् ।

हाल उनी सिर्जना कलेज अफ फाइन आर्ट र केही इन्स्टिच्युटमा संगीत पढाउँछिन् । मास्टर्स गर्दागर्दै दुई वर्षअघि सुजाताले दीपकराज गिरी र दीपाश्री निरौलाले बनाएको ‘छक्का पञ्जा २’ चलचित्रमा एउटा गीत गाउने अवसर पाइन् । नेपालमा आएका बेला उनले ‘हे दाजु नसमाऊ नाडीमा, हिलो लाग्ला नाइलनको साडीमा…’ बोलको गीत गाएकी थिइन् । अलमोडा राना उप्रेतीसँग उनले गाएको गीत निकै हिट भयो ।

रेडियो नेपालमा लामो समय शास्त्रीय संगीत गाउँदा पनि धेरैले सुजातालाई चिनेका थिएनन् । तर, ‘छक्का पञ्जा २’ को यही गीतले उनलाई लाइमलाइटमा ल्याइदियो । जसलाई उनी स्वीकार गर्छिन् पनि । भन्छिन्, ‘त्यति धेरै चल्छ भन्ने थिएन । तर दर्शकले हाई स्पिडमा गीत मन पराए । दशैं तिहारमा नेपाल आउँदा त यही गीतले चर्चा पाइरहेको रहेछ । साह्रै खुसी लाग्यो ।’

त्यसो त उनी कोलकातामा बस्दा पनि नाइलनको साडीमा…गीत चर्चामा थियो । एकजना बंगाली बालिका सो गीतको फ्यान नै रहिछन् । जतिबेला पनि उनले सो गीत गाउँदा घरमा सुजातासँग परिवारका सदस्य नै इरिटेड भइसकेका रहेछन् । मिडिया एनपीसँगको कुराकानीमा उनले भनिन्, ‘एउटी ५ कक्षामा पढ्ने बहिनी छन्, उनलाई यो गीत निकै मन पर्ने । घरमा पनि यही गीत गाउने । घरमा सबैले गाली गर्दा पनि यही गीत गाउने रे । एक दिन मलाई उनको बाबुले भन्नुभयो, अब यसलाई कम्मरमा बाँधेर लैजाऊ, किन रहेछ भनेको त मेरो नाम सुन्दा सुन्दा इरिटेड भएको रे ।’

पढाइमा मास्टर्स गरे पनि चलेकै गीतबाट सबैले चिन्ने उनको भनाइ छ । ‘कसैले म्युजिकमा मास्टर्स गरेर आको देख्दैनन् । नाइलनको सारीमा गीत गाको भनेर चिन्छन्,’ उनी भन्छिन् ।उनको परिवार नै संगीतमय । बुबा विनय बर्मा राम्रो गायक । दाजु सन्तोष बर्मा तबला बादक । सानोमा उनी निकै चकचके थिइन् रे । घरमा मात्रै होइन स्कुलमा पनि । लास्ट बेन्चर सुजाता स्कुलमा पनि साथीभाइसँग डेस्क ठटाएर गीत गाउने गरेको बताउँछिन् । ‘अहिले मलाई नै तँलाई स्टुडेन्टले टेर्छन् र भन्ने गर्छन्,’ उनले सुनाइन् ।

‘लास्ट बेन्चर हुँ । गीत बजेपछि उठेर नाच्ने रे अनि सुत्ने गर्थे रे, हजुरआमाले भन्नुभएको,’ उनी भन्छिन्, ‘त्यही चकचके भएर घरमा धेरैपटक आमाबाबुको धुलाई भेटेको छु ।’

सुजाताले आफूले कलेज बंक गरेको घटना पनि सुनाइन् । ‘घरबाटै आज बंक गर्ने भनेर गाको कलेज । सिनियर साथीहरुसँग लाजिम्पाटबाट बसन्तपुर बंक गर्न गाको, कलेजको पहिलो क्लास नसकिञ्जेलसम्म मुटु नै ढुकढुक ग¥यो,’ उनले भनिन्, ‘त्यसपछि कहिल्यै बंक गरिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

34 − 30 =