बलिउडका यी ५ सेलिब्रेटीहरु , जसले अरुको कोख भाडामा लिएर जन्माए बच्चा (तस्विरसहित)

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

काठमाडौ । बलिउडमा केही यस्ता कलाकारहरु पनि रहेका छन् । जसले आफ्नो केही समस्याले गर्दा अरुका कोख भाडामा लिएर सन्तान जन्माएका छन् । त्यसमा मुख्य गरी सुपरस्टार कलाकारहरु नै पदर्छन् । यसरी अरुको कोख भाडामा लिएर सन्तान जन्माउने विधीलाई सेरोगेसी भनिन्छ । तर धेरै कलाकारहरु बच्चा नहुने भएपछि सन्तान नै नजन्माउने सोचमा बसेपनि यी ५ कलाकारले अरुको कोख भाडामा लिएर बच्चा जन्माएका थिए । को को हुन् ?हेर्नुस्

सन्नी लियोनी
सन्नी लियोनी पनि अरुको कोख भाडामा लिएर सन्तान जन्माउने नायिका मध्ये एक हुन । उनले पनि अर्काको कोख भाडामा लिएर दुई सन्तान जन्माएकी थिइन् । जब उनले निशालाई धर्मपुत्री बनाइन् । त्यसको ८ महिनापछि सेरोगेसीबाट जुम्ल्याहा बच्चाकी आमा बनेकी थिइन् ।

शाहरुख खान
बलिउडको सुपरस्टार अभिनेता शाहरुख खान पनि अर्काको कोख भाडामा लिएर बच्चा जन्माउने कलाकार नै हुन् । उनको अहिले ३ सन्तान रहेका छन् । जसमध्ये कान्छोलाई श्रीमती गौरी ४० वर्ष काटिसकेकाले गर्भधारण गर्नु जोखिपुर्ण भएकाले सेरोगेसी विधीबाट जन्माएका थिए ।

आमिर खान
बलिउडको चर्चित अभिनेता आमिर खानले पनि आफ्नो श्रीमतीलाई गर्भधारण गर्नु समस्या देखिएपछि सेरोगेसी विधीबाट सन्तान जन्माएको थिए । उनीहरुले इन–भिट्री फर्टिलाइजेसन (आईभीएफ) विधीबाट छोरा आजाद राव खानलाई जन्माएका थिए । प्रत्येक वर्ष व्यावसायिक एक फिल्म दिए अभिनेताले यो वर्ष कुनै फिल्म बनाएका छैनन् ।

लिजा रे
उनीलाई पनि सन् २००९ मा ब्लड क्यान्सर देखिएपछि सरोगेसीबाट दुई छोरीकी आमा बनेकी थिइन् ।

तुषार कपुर
अभिनेता तुषारले पनि विहे नगरीकन् २०१६ मा अर्काको कोख भाडामा लिएर छोराको बाबु बनेका थिए । उनको अहिले एक लक्ष्य नामको छोरा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = 15