निर्धक्क भएर रुनुहोस् , यस्तो छ रुनुको फाइदा

  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

काठमाडौँ । दुख पिडा हुँदा होस या कुनै खुसीमा आँखाबाट आशु बग्ने गर्छ । यो एक प्रकारको प्राकृतिक प्रक्रिया हो । रुनु भावनासँग जोडिएको विषय हो । जब मानिसलाई दुख पर्छ त्यो बेला रुने गर्छन् ।

कुनै अनपेक्षित खुसी प्राप्त हुन्छ त्यो बेलामा पनि मानिस रुने गर्छन् । रुनु कुनै कमजोरी हैन । रुनु एक स्वभाविक मानवीय प्रवृत्ति हो । तर रुनु भनेको आफुमा भएको कमजोरी देखाउनु हो ।

यद्यपी रुवाइलाई जोडेर गरिएको अध्ययनले भन्छ रुनु नै एक प्रकारको उपचार हो ।
खास गरेर मनमा दुख पिडा बोध हुन्छ । आँखाबाट अनयासै आँशु बग्छ । मन थाम्नै गाह्रो भएपछि आँखाबाट आशु आपसेआफ छचल्किन्छ । तर रुनुलाई आफुमा भएको दुख देखाएको सम्झिन्छौँ । नामर्दपनको संज्ञा दिन्छौँ । भन्छौ यो कमजोरीको लक्षण हो । हाम्रो समाजले मानसलाई खुल्ला रुपमा रुन पनि छुट दिएको छैन् । अझ केटा मान्छेलाई त रुन हुँदैन् भनेर बन्देज लगाइएको छ ।

जब रुनु आफैमा राम्रो हो । तपाईलाई याद छ तपाई सानोमा आमाको काखमा लट्पुटिन नपाउँदा पनि रुनु हुन्थ्यो । भोक लागेर खान नपाउँदा पनि रुनु हुन्थ्यो । त्यतिमात्र हैन आमाको साथ छुट्टिदा पनि आमालाई सम्झेर निकै रुनु हुन्थ्यो । बाल्यकालमा बाबासँग खेल्न नपाउँदा पनि बस्सरी रुनु हुन्थ्यो । यसरी आमाबाबुको साथ नपाउँदा तपाई रुदा तपाईको मन चंगा हुन्थ्यो । केही समय पछि नै तपाई फुरुङ्ग पर्नु हुन्थ्यो ।

मानिसको उमेर बढ्दै गएपछि वेदनालाई भित्रभित्रै दबाउन थाल्छौँ । निकै रुन मन लागेपनि भित्रभित्रै दबाउने प्रयास गरिरहेका हुन्छाँै । मनमा अथाह पिडा हुँदा पनि मनभित्रै गाँठो पारेर राख्छौँ । तर बेचैनी अनुहारमा पिडाबोध भइरहेकै हुन्छ । पिडाकै कारण हामी कुण्ठित हुन्छौँ । आफैभित्र पिडा दबाइरहेका हुन्छौँ । बाहिर पोखिन नपाएको पिडाले आफैलाई मानसिक रोगी बनाइदिन्छ । जिन्दगी नै उराठ र निरास भइदिन्छ ।त्यसैले भनिएको हो ।

तपाईलाई मनभरि पिडाबोध भइरहेको छ भने त्यो पिडालाई मनमा दबाएर नराख्नुहोस् । निर्धक्क रुनुहोस् । प्राय हामीले सबैलाई हास्न प्रेरित गरिरहेका हुन्छौँ । उन्मुक्त भएर हास्न उक्साइरहेका हुन्छौँ । हास्नुलाई औषधी भनिरहेका हुन्छौँ । हास्नु पनि प्राकृतिक प्रक्रिया हो । जब हामी खुलेर हास्छौँ तब हाम्रो शरिरको सम्पूर्ण अवयहरुमा खुसीको सञ्चार छरिन्छ । मन नै फुरुङ हुन्छ । त्यसकारण रुनु पनि स्वास्थ्यको लागि फाइदाजन हो । जसले मनको बेदनालाई बाहिर निकाल्छ ।

पछिल्लो समय जापानमा रुनलाई प्रेरित गरिन्छ । किनकी रुदा मनमा भएको पिडा हट्छ । यहाँ अनौठो कुरा त के छ भने त्यहाँका कतिपय कम्पनी तथा विद्यालयमा आफ्नो कर्मचारी तथा विद्यार्थीहरुलाई हप्तामा एक पटक जमेर रुनको लागि प्रेरित गरिन्छ । निकै मेहनती मानिएको जापानमा त्यहाँका मानिसहरु कामबाट फुर्सद लिन्छन् ।

उनीहरु प्रायजसो आफ्नो काममा व्यस्त हुन्छन् । जसले गर्दा उनीहरु पनि समृद्ध छन् र राज्य पनि समृद्ध रहेको छ । तर यसरी रात दिन कामको काम गरिरहँदा मानिसहरुलाई समस्या पन भएको छ । कामकै कारण तनाव पनि सिर्जना भएको छ । त्यसकारण सरकारले नागरिकलाई तनावमुक्त गराउन एउटा काइदा अपनाएको छ जसको कारण तनाव भगाउँन हास्न होइन बरु रुन थालेका छन् ।

त्यहाँ रुनको लागि नै टिएस टिचैस समेत तयार गर्न थालिएको छ । जापानको एक हाइस्कुलले रुनुको फाइदामाथि शोध प्रयोग गरेको छ । जापानी वश्वविद्यालयमा उच्च टियर्स टिचरको उच्च माग गर्न थालिएको छ । हास्नु र सुत्नुको तुलनामा रुनु सबैभन्दा बढी फाइदाजनक रहेको पाइएको छ । रुदा चाँडै तनाव हट्ने देखिएको छ । हप्तामा एक चोटी रुने गर्नाले तनावमुक्त जीवन पाइने एक अध्यनले बताएको छ । सन् २०५० मा जापान सरकारले तनाव मुक्त हुनको लागि हप्तामा एक पटक रुनुपर्ने अभ्यास गराएको थियो ।

यस्तो छ मनोचिकित्सकको सुझाव

रुदा तनाव कम हुने अवस्थालाई लिएर जापानमा १६ वर्ष अगाडी ३० देशमा सर्वे गरिएको थियो । त्यो बेलामा सहभागी भएका ६० प्रतिशत बढीले तनाव हटाउनको लागि रुने उपाय अपनाएका थिए । विश्वका ७० प्रतिशत मानिसहरु तनावसँग जुधिरहेका थिए । त्यसबाट मुक्ति पाउनको लागि रुन सल्लाह दिइएको थियो । त्यसकारण मनमा भएको तनावलाई गाँठो पारेर राख्नु भन्दा मज्जाले रुनु फाइदाजनक रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = 2