यस्तो लक्षण देखिएमा सम्झनुहोस् रक्तअल्पताको समस्या छ

  • 22
  •  
  •  
    22
    Shares

काठमाडौँ । सास बढ्नु, थकाई लाग्नु सास फेर्न गाह्रो हुनु सामान्य हो । यस्तो बेला बेलामा भइरहन्छ । तर जब स्वास्थ्यमा असामान्य समस्या देखिन्छ त्यो बेला रक्तअल्पता भइसकेको हुन्छ । रक्तअल्पता भएको थाहा नपाएपनि सामान्यतया शरिरले देखाइसकेको हुन्छ । तर यस्तो बेलामा कस्तो लक्षणहरु देखा पर्छ भन्ने बारे बुझ्नु जरुरी हुन्छ ।

रक्तअल्पताको समस्या विशेष गरेर गर्भवती महिलामा देखिन्छ । रक्तअल्पताकै कारण कमजोर शिशु जन्मन्छ । तर कुनै बेला यस्तो समस्या आउँछ जसको कारण बच्चा जन्मन समेत गाह्रो पर्छ । त्यतिमात्र हैन बच्चा र आमा दुवैको मृत्यु समेत हुन सक्छ । सामान्यतया नेपाली महिलाहरुमा रक्तअल्पताको समस्या बढी देखन्छ । रक्तअल्पता विशेष गरेर नेपालमा जुनसुकै उमेरका महिलाहरुमा पनि देखिन्छ ।

गर्भवती महिलामा त अझ धेरै समस्या देखिन्छ । जसले गर्दा गर्भमा रहेको बच्चालाई बढी असर पर्छ । कारण बच्चा रोगी हुन्छ, कम तौलको बच्चा जन्मने गर्छ । किनकी गर्भवती महिलाको शरिरबाट नै गर्भमा रहेको भ्रुणले पोषण अक्सिजन लिने गर्छ । अत्याधिक गर्भवती महिलाको मृत्यु रक्तअल्पताकै कारण हुने गर्छ । अझ नेपालका कतिपय विकट ठाउँहरुमा त गर्भवतीलाई धेरै खान दिनुहुँदैन् भन्ने मान्यता रहेको छ ।

जसको कारण गर्भवती महिलामा कुपोषण र रक्तअल्पाताको समस्या हुने गर्छ ।
स्वास्थ्यमन्त्रालयले गरेको एक अनुसन्धानअनुसार नेपालमा कुल मातृमृत्युदर १० प्रतिशत आमाको मृत्यु रक्तअल्पताकै कारण हुने गरेको पाइएको छ । रक्त अल्पता भएका महिलाहरुमा बढी रक्तश्राव हुने भएकाले अपत्यक्ष रुपमा रक्तअल्पताको कारण महिलाहरुको मृत्यु हुन्छ ।

यस्तो छ रक्त अल्पताको लक्षणहरु

१.थकाइ लाग्ने

२.स्वास्वा बढी हुने

३.चक्कर लाग्ने

४.मुटुकोढुकढुकी बढ्ने

५.वाकवाक लाग्ने

६.खानमा रुचि नलाग्ने

७.शरिरको छाला फुस्रो हुने

रक्तअल्पताबाट बच्न उपाय : प्रोटिन युक्त खानाको प्रयोग बढी गर्ने । भिटामिन बी, फोलिक एसिड र आइरनयुक्त खानेकुराको बढी प्रयोग गर्ने फलामको भाडामा पकाएका खानेकुरा बढी खाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =