यस्तो छ फर्सी खानुको फाइदा, जुन कुरा सुनेपछि तपाईले सधै फर्सी खानुहुनेछ

  • 146
  •  
  •  
    146
    Shares

काठमाडौँ । हामीले तरकारीको रुपमा प्रयोग गर्ने तरकारीहरु मध्ये फर्सी पनि उपयोगी तरकारी हो । स्वास्थ्यको दृष्टिकोणले निकै उपयोगी मानिने फर्सीमा भिटामिनको मात्रा बढी हुन्छ । त्यतिकै मात्रामा पौष्टिक तत्व पनि पाइन्छ । त्यसकारण आज हामी तपाईहरुलाई फर्सीमा पाइने पौष्टिकतत्वहरुको बारेमा बताउन गइरहेका छौँ ।

१.फर्सीमा क्यालोरीको मात्रा धेरै रहेको हुन्छ । त्यतिकै कार्बोहाइड्रेट पनि रहेको हुन्छ । शरिरमा रहेका कोलेस्ट्रोलको मात्रालाई पनि फर्सीको सेवनले कम गर्छ ।

२.फर्सीमा भिटामिन ए, सी र ई पनि प्रचर मात्रामा पाइन्छ । जसको कारण स्मरण क्षमतामा वृद्धि हुन्छ ।

३.पाकेको फर्सी खानु झन स्वास्थ्यको लागि अत्याधिक फाइदा रहेको छ । यसमा पाइने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले शरिरमा हुने क्यान्सरको सम्भावनालाई कम गर्छ । मुटुको रोगलाई पनि फर्सीले फाइदा पुर्याउँछ ।

४.फर्सी खानु स्वास्थ्यको लागि जति फाइदाजनक रहेको छ त्यसको तुलनामा बिया पनि उत्तिकै फाइदाजनक हरको छ । यसमा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरु पाइन्छ । यसले शरिरमा आवश्यक रहेको पौष्टिक पदार्थलाई पूरा गर्छ ।

५.फर्सीको बीयामा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरिरलाई स्वास्थ र स्मरण शक्तिको विकास गर्न सहयोग गर्छ ।

६.फर्सीको सेवनले कार्डियो भास्कुलर रोगलाई निको पार्छ । तनावलाई समेत कम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =