यि बानीले कहिल्यै धनी बन्न दिँदैनन्, हटाउनुहोस यस्ता बानी र बन्नुहोस् सम्पन्नशाली

  • 336
  •  
  •  
    336
    Shares

काठमाडौँ । धनि र सम्पन्न बन्नुको पछाडी थुप्रै कारणहरु रहेका छन् । यस्तै मानिस सफल बन्नुको पछाडी उसको आनीबानी पनि एक हो । मानिस कसरी सफल भएको छ भन्ने कुरा बुझ्नको लागि उसको आनीबानीलाई फलो गरेर उसले जस्तै नियममा बाँधिनु पर्छ । यस्तै व्यक्तिगत जीवनलाई सफलताको साथ अगाडी बढाउनेको लागि व्यक्तिको आनीबानीले महत्वपूर्ण भूमिका निभएको हुन्छ ।

कयौँ मानिसहरु आफु सफल रहनको लागि आफु देखि आफ्नो हरेक कुराहरुमा फिट हुने गर्छन् । आफुलाई सफलताको चरम रुपमा पुर्याउनको लागि आएका कयौँ सुख सुविधालाई त्यागेका हुन्छन् । यस्तै विश्वकै कान्छा नेटवर्कर दप पटेलले आफ्नो किताबमा आफ्नो बानीको बारेमा केही कुराहरु बताएका छन् । जुन कुराहरु थाहा पाएपछि तपाईले पनि तुरुन्तै छोड्नुहुनेछ । हेरौँ केके हुन् ती आनीबानीहरु ।

१.शंका गर्ने बानी : शंका गर्ने बानी जीवनको सबैभन्दा खतरानक बानी हो । जसले सफलता चुम्न चाहन्छ त्यस्तो मानिसले यो बानीलाई हटाउन पर्छ । यस्तो बानी छोड्न सकिएन भने आफुले देखेको सपना सबै उल्टो हुनेछ । त्यसकारण आफैमाथि कहिल्यै नकारात्मक भावना कायम राख्नु हुँदैन् । आफुलाई सधै सकारात्मक र सत्य बाटोमा डोर्याउने कोसिस गर्नुपर्छ ।

२.समयको प्रतिक्षा गर्ने : समय पर्खेर बस्नु हुँदैन् । तपाई जे गर्न खोज्नु भएको छ त्यसबाट हुने सम्भावित समस्याको पहिचान सुरुमा नै गर्नुपर्छ । जुन समय तपाई पर्खिबस्नु भएको छ त्यो समय आउँदैन् । त्यसकारण समय आउँछ अनि गर्छु भनेर बस्नु हुँदैन् ।

३.नपढ्ने नयाँ नयाँ जानकारी लिन नचाहने : नपढ्ने नयाँ नयाँ कुराको बारेमा बुझ्न नचाहने मानिस कहिल्यै अगाडी बढ्न सक्दैन् । सफल मानिसले पढ्न छोड्नुहुँदैन् । कहाँ के भइरहेको छ भन्ने कुराको बारेमा जानकरी लिरहनुपर्छ । जसबाट केही न केही नयाँ कुरा सिक्ने अवसर जुटिरहेको हुन्छ ।

४.बोल्ने मात्र काम चाही नगर्ने : हावामा महल बनाएर केही काम छैन् । बोल्ने मात्र काम नगर्ने मानिस कहिल्यै पनि अगाडी बढ्न सक्दैन् । जबसम्म सोचेको कुरा गरेर देखाउन सकिदैन् त्यो केही अर्थ हुँदैन् । त्यसकारण बनाएर राखेको योजना तुरुन्तै बनाउन सक्नुपर्छ ।

५. लक्ष्य निश्चित नगर्ने : मानिस सफ बन्नको लागि कुनै लक्ष्य निश्चित हुनु जरुरी हुन्छ । जब मानिसले अगाडी नै योजना बनाएको छ भने त्यसको लागि सहयोग पनि जुट्ने गर्छ ।

६.आफ्नो कामलाई ध्यान नदिने : आफ्नो कामलाई निरन्तर जोड दिनुपर्छ । जुन काम गरिरहेको छ त्यसमा जिद्दी भएर लाग्नुपर्छ । त्यसकारण आफुले गर्न लागेको कामबाट सफलता हात पार्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 1