ट्रम्प–किम दोस्रो शिखर बैठक फेब्रुअरी २७ र २८ मा हुने

  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

वासिङटन, २६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ । 

भियतनामको हनोइमा किमलाई भेट्ने मिति तय भएको बारेमा ट्रम्पले शुक्रबार जानकारी दिनुभएको हो । 

“मेरा प्रतिनिधि भर्खरै मात्र महत्वपूर्ण उपलब्धिका साथ उत्तर कोरियाबाट स्वदेश फर्किदै छन्, उनीहरुले दोस्रो शिखर बैठकको स्थान र मितिको टुङ्गो लगाएका छन्,” ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ । 

उत्तर कोरियाका लागि आफ्ना विषेश प्रतिनिधि स्टेफान बिएगनलाई उद्धृत गर्दै उहाँले दोस्रो शिखर बैठक भियतनामको हनोइमा यही फेब्रुअरी २७ र २८ तारिखमा हुने जानकारी सामाजिक सञ्जालमार्फत् दिनु भएको हो । 

उहाँले अर्को ट्वीटमा लेख्नु भएको छ, “नेता किम जोङ् उनको नेतृत्वमा उत्तर कोरिया आर्थिक शक्तिराष्ट्र बन्ने छ ।” 

ट्रम्पले किम कति क्षमतावान हुनुहुन्छ भन्ने बारेमा आफूले राम्रोसँग थाहा पाएको बताउनु भएको छ । 

लामो समयदेखि एक अर्कालाई कठोर शत्रुका रुपमा हेर्दै आएका उत्तर कोरिया, संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच यसअघि गत जुनमा सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो । 

गत मङ्गलबार संसदलाई सम्बोधन गर्दा पनि राष्ट्रपति ट्रम्पले पहिलो शिखर बैठकपछिका उपलब्धिका बारेमा धेरै चर्चा गर्नु भएको थियो । उहाँले भन्नुभयो, “हाम्रा बन्दी घर फर्किएका छन्, परमाणु परीक्षण रोकिएका छन्, गएको पन्ध्र महिनामा एउटा पनि क्षेप्यास्त्र प्रहार भएको छैन र यो ठूलो उपलब्धि हो ।” 

उहाँले यदि आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए, अहिले अमेरिका र उत्तर कोरियाका बीचमा ठूलो युद्ध हुने दाबी गर्नु भएको थियो । 

०५– भिडन्तमा छ प्रहरीसहित चौधको मृत्यु 

तालुकान, २६ माघ (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ । 

शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये छ र प्रहरी आठ विद्रोही लडाकू रहेका जिल्ला गभर्नर मोहम्मद ओमरले जानकारी दिनुभयो । 

उहाँले मृत्यु भएका मध्ये छ जना प्रहरी रहेपनि आठ जना भने विद्रोही पक्षका लडाकू भएका बताउनुभयो । 

“तालिवान लडाकूको एउटा समूहले सुरक्षा कार्यालयमा आक्रमण गरेको थियो, स्थानीय समयानुसार बिहान ०७ बजे खावजा घार जिल्लामा आक्रमण भएको हो,” ओमरले भन्नुभयो । 
––– 
०६– ताइवानमा सक्रिय जनशक्ति घट्दो 

ताइपेइ, २७ माघ (रासस÷सिन्ह्वा) ः ताइवानमा अघिल्ला वर्षहरुको तुलनामा काम गर्नेहरुको जनसंख्या घट्दै गएको देखिएको छ । 

सन् २०१२ मा कुल जनसंख्याको ७४.२२ प्रतिशत कार्यशीलको संख्या रहेकोमा सन् २०१८ मा घटेर ७२.६२ प्रतिशत भएको अधिकारीले जनाएका छन् । 

आन्तरिक मामिला अधिकारीले यो तथ्याङ्कबाट आश्रितको संख्या बढ्दै गएको देखिएको पनि बताएका छन् । 

सन् २०१८ को अन्त्यसम्ममा ताइवानको कुल जनसंख्या दुई करोड ३५ लाख ९० हजार रहेको तथ्याङ्क छ । 

ताइवानमा १५ बर्षदेखि ६४ बर्षसम्मको जनसंख्यालाई क्रियाशील जनसंख्या मानिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

81 ÷ 9 =