सरस्वती मातालाई राशी अनुसार चढाउनुहोस् यी रंग कलम ! विद्या प्राप्त हुनेछ !

  • 10.4K
  •  
  •  
    10.4K
    Shares

काठमाडौँ । सरस्वती मातालाई विद्याको देवीको रुपमा मानिन्छ । हरेक वर्ष श्रीपञ्चमीको दिन सरस्वती माताको पुजा गर्ने गरिन्छ । सरस्वती माताले अज्ञानीलाई पनि ज्ञान दिन्छिन् भन्ने विश्वास रहेको छ । सरस्वतीलाई ज्ञान, कला, सङ्गीत र वाणीको वरदान भनेर पुजा गरिन्छ । भोली अर्थात आइतबार माघ २७ गते श्रीपञ्चमी हो । त्यसकारण तपाई आफ्नो राशी अनुसारको रंग चढाएर विद्या प्राप्त गर्नुसक्नुहुनेछ ।

मेष राशि : मेष राशी हुनेहरुले पढाईमा सुधार ल्याउनको लागि सरस्वती मातालाई तो रङ्गको कलम चढाउनुपर्ने ।

वृष राशि : यो राशी भएका व्यक्तिलाई लामो समयसम्म याद राख्ने समस्या भएकाले आफ्नो बानी सुधार्न सरस्वती मातालाई हरियो रङ्गको कलम कलम चढाउनेपर्ने ।

मिथुन राशि : पटक पटक एउटै कुरामा मात्र ध्यान जाने भएकाले यो राशीका व्यक्तिले सेतो अथवा पारदर्शी कलम सरस्वती मातालाई चढाउनुहोस् ।

कर्कट राशि : बुद्धि र विद्या राम्रो भएपनि कुनै बेला समस्या आउन सक्ने भएकाले यो राशीका व्यक्तिले रातो रङ्गको कलम माता सरस्वतीलाई चढाउँदा राम्रो हुनेछ ।

सिंह राशि : यो राशीका मानिस शिक्षाको क्षेत्रमा पछाडी नै रहेका हुन्छन् जसको कारण विद्यामा सुधार ल्याउनको लागि सरस्वतीलाई पहेलो रङ्गको कलम चढाउँदा राम्रो हुनेछ ।

कन्या राशि : उत्तम विद्या भएपनि कुनै समयमा आत्माविश्वास यो राशी भएकाहरुको लागि घातक बन्न सक्छ । त्यसकारण सरस्वती मातालाई निलो रङ्गको कलम चढाउँदा उत्तम हुनेछ।

तुला राशि : यो राशीका व्यक्तिहरु देखावटी र ग्ल्यामरमा छिट्टै फस्ने भएकाले शिक्षा र करियर नै नष्ट हुने सम्भावना बढी रहेको छ त्यसकारण सरस्वती मातालाई निलो रङ्गको कलम चढाउँदा राम्रो हुनेछ ।

वृश्चिक राशि : यो राशी भएका व्यक्तिहरु शैक्षिक करियरमा केही गर्न चाहदैनन् । त्यसकारण बानीलाई सुधार्न सरस्वतीलाई पहेलो रङ्गको कलम चढाउनुपर्नेछ ।

धनु राशि : जीवनमा आएको प्रारम्भिक समस्याको कारण चाहेजस्ते शिक्षा प्राप्त गर्न नसक्ने भएकाले सरस्वती मातालाई रातो रङ्गको कलम चढाउँदा राम्रो हुनेछ ।

मकर राशि : यो राशी भएका व्यक्तिहरु सही समयमा सही निर्णय लिने गर्छन् । एकैपटक धेरै सफलता पाउने चक्करमा बिग्रनछन् । त्यसकारण सरस्वतीलाई सेतो या पारदर्शी कलम चढाउनुपर्नेछ ।

कुम्भ राशि : तेज दिमागका व्यक्ति यो राशीमा पर्ने गर्छन् । सामान्य समस्याको कारण सही ठाउँमा पुग्न नसक्ने भएकाले सेतो या पारदर्शी कलम चढाउनु राम्रो हुनेछ ।

मीन राशि : यो राशीको व्यक्तिले आफ्नो दिमाग अरुको हानी नोक्सानी पुर्याउने काममा नखर्चदा राम्रो होला । आफ्नो बानी सुधार्नको लागि सरस्वतीलाई सेतो रङ्गको कलम चढाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 ÷ = 10