भाषण गर्ने क्रममा बेहोस भएका गाउँपालिका अध्यक्षकाे निधन

  • 545
  •  
  •  
    545
    Shares

धरान । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ । एक कार्यक्रममा बोल्दै गर्दा अचानक बेहोस भएका नेम्बाङको उपचारको क्रममा इलाम अस्पतालमा निधन भएको छ ।

शनिबार दिउँसो २ बजेको आसपास वडा कार्यलयले आयोजना गरेको कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा अचानक बेहोस भएका थिए । बेहोस भए लगतै उनलाई इलाम अस्पताल पु-याइएको थियो । इलाम अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउने तयारी गर्दै गर्दा ७७ वर्षीय नेम्बाङको निधन भएको स्थानीय स्वरुप कार्कीले जानकारी दिए । उच्च रक्तचापको समस्याबाट पिडित उनि केहि समय देखि नियमित औषधि सेवन गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 2