हनुमन्ते पुलमुनि भेटियो बालिकाको शव

  • 47
  •  
  •  
    47
    Shares

भक्तपुर, २६ माघ । मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनि आज एक बालिकाको शव भेटिएको छ । थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनि अनुहार चिन्न नसक्ने अन्दाजी १० देखि १२ वर्ष उमेरकी एक बालिकाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिने, अनुहार कुकुर र अन्य किराले खाएर चिन्नै नसक्ने अबस्थामा बालिकाको शव भेटिएको बताउनुभयो । 

बालिकको शव खोलामा बगाएर ल्याएको हुनसक्ने आशङ्का व्यक्त गर्दै उहाँले बालिकाको हत्या वा अरू के हो भन्ने तत्कालै भन्न सक्ने अवस्थामा नभएको बताउँदै घटनाको अनुसन्धान भने शुरु गरेको बताउनुभयो । बालिकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 65 = 71