मड्रिड डर्बीः एट्लेटिकोलाई हराउँदै रियल दोस्रो स्थानमा उक्लियो, रोनाल्डो विर्साउने कासिमिरोको गोल

  • 173
  •  
  •  
    173
    Shares

काठमाडौंः मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित भएको छ । ला लिगा अन्र्तगत शनिवार राति एट्लेटिकोलाई उसैको मैदानमा रियलले ३–१ गोलले हराएको हो । रियलको जितमा कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले गोल गरे । एट्लेटिकोका लागि ग्रिजमनले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा कासिमिरोले क्रिस्टियानो रोनाल्डोको झल्को दिनेगरी उत्कृट बाइसिकल गोल गरेपछि रियलले अग्रता लिएको थियो । २५ औं मिनेटमा ग्रिजमनले गोल गर्दा घरेलु टोली खेलमा फर्किएको थियो । तर, ४२ औं मिनेटमा एट्लेटिकोका डिफेन्डरले भिनिसियस जुनियरलाई लडाएपछि रियलले पेनाल्टी पायो । प्राप्त अवसरमा कप्तान रामोस चुकेनन् र खेल २–१ को अवस्थामा पुर्याए ।

खेलको दोस्रो हाफमा भिनिसियसलाई रिप्सलेस गर्दै मैदान छिरेका बेलले लुका मड्रिको पासमा गोल गरेपछि रियल ३–१ ले अघि रह्यो । ८० औं मिनेटमा थोमसले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि एट्लेटिको १० खेलाडीमा सिमित बनेको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र रियल विजयी भयो ।

जितसँगै रियलले एट्लेटिकोलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २३ खेलबाट ४५ अंक जोडेको रियल दोस्रो स्थानमा उक्लिएपछि समान खेलबाट ४४ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा झरेको छ । एक खेल कम खेलेको बार्सिलोना ५० अंक सहित शिर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =