सन्दीपको उत्कृष्ट प्रदर्शन, मेलवर्न बिगबास लिगको सेमिफाइनलमा

  • 83
  •  
  •  
    83
    Shares

काठमाडौँ । अस्ट्रेलियाको बिगबास लिगमा नेपालका सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतवार (आज ) को खेलमा जित निकाल्दै सन्दीपको टिम मेलवर्न स्टार्सले सेमिफाइनलमा पुगेको छ ।

सन्दीपले ३.४ ओभर बलिङ गर्दा ११ रन दिएर ३ विकेट लिएका थिए । आठौं ओभरमा बलिङ गर्न आएका सन्दीपले १ रङ दिंदै १ विकेट लिएका थिए । सन्दीपको दोश्रो ओभरमा ५ रन दिएका थिए । यसैगरी १४ औं ओभरमा उनले सिड्नीको अन्तिम विकेट लिँदै टिमको जित निश्चित गरिदिएका थिए ।

टस हारी पहिले ब्याटिङको निम्ता पाएको मेलवर्नले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । मेलवर्नका लागि कप्तान ग्लेन म्याक्वेलले ४३ बलमा ८२ रनको विस्फोटक पारी खेलेका थिए ।

यता १६९ को लक्ष्य पछ्याएको सिड्नी १३.४ ओभरमा ७४ अलआउट हुँदा मेलवर्नको जित निश्चित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =