रोनाल्डोलाई उछिन्दै मेस्सी बने विश्वकै सबैभन्दा धेरै पारिश्रमिक लिने फुटबलर

  • 806
  •  
  •  
    806
    Shares

काठमाडौँ । विश्वकै चर्चित फुटबलर रोनाल्डोलाई जित्दै स्पेनिस फुटबल क्लव बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका फुटबलर लियोनेल मेस्सी विश्वकै सबैभन्दा बढी पारिश्रमिक लिने फुटबलर बनेका छन् ।

मेस्सीले क्रिष्टियानो रोनाल्डो, फ्रान्सका एन्टोइन ग्रिजम्यान र ब्राजिलमा नेयमारलाई दोब्बरले जितेका छन् । मेस्सीले एक महिनामा ८३ लाख युरो अर्थात नेपाली १ अर्ब ७ करोड रुपैयाँ लिने गरेका छन् । युभेन्टसको लागि खेल्ने रोनाल्डोको मासिक पारिश्रमिक ४७ लाख युरो नेपाली रुपौयाँ ६० लाख पाउँछन् ।

गत वर्ष भएको विश्वकपको उपाधी जित्ने टिम फ्रान्सका खेलाडी ग्रिजम्यान विश्वको सबैभन्दा धेरै पारिश्रमिक पाउनेको तेस्रो सूचिमा परेका छन् । उनले ३३ लाख युरो अर्थात नेपाली रुपैयाँ ४२ करोड लिने गरेका छन् । यो सूचिको चौँथो र पाँचौँ स्थानमा नेयमार र लुइस सुआरेज रहेका छन् ।

ब्राजिलियन स्टार नेयमारले एक महिनामा ३०.६ लाख युरो पारिश्रमिक पाउँछन् । उरुग्वेका अर्का स्टार सुआरेजले २९ लाख रुपैयाँ पारिश्रमिक पाउँछन् । बार्सिलोनाको लागि विभिन्न प्रतियोगितामा सहभागी जनाइरहेका मेस्सीले विभिन्न स्थानमा भएको प्रतियोगितामा शानदार प्रर्दशन गर्दै स्पेनिस लिगमा ४ सय भन्दा बढी गोल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

65 − 61 =