यस्तो पनि रहेछन् पहिलो नेपाल आइडल बुद्ध लामाको फ्यान जबरजस्ती स्टेजमा चढेर एक युवतीले लिइन् सेल्फीको पोज

  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौँ । हरेक सेलिब्रेटीको आ आफ्नै फ्यानहरु हुन्छन् । तर नेपाली सेलिब्रेटीहरुको फ्यान यस्तो पनि रहेका छन् । जसले गरेको हदै सम्मको व्यवहारले चकित बनाउँछ । यस्तै घटना भएको छ पहिलो नेपाल आइडल बुद्ध लामाको जीवनमा । एक कार्यक्रमको लागि धरानमा पुगेका बुद्ध लामा स्टेजमा चढेर आफ्नो प्रस्तुति दिइरहेका थिए ।

उनले स्टेजमा आफ्नो सहित अन्य चर्चित कलाकारहरुको गीतहरु पनि सुनाए । कार्यक्रम अन्तिममा पुगेको कारण उनले कार्यक्र हेर्न आएका दर्शकहरुसँग बिदा माग्दै थिए । त्यति बेला एक युवती जबरजस्ती स्टेजमा चढेर उनीसँगै सेल्फी खिच्न थालिन् । स्टेजमा चढेर बुद्ध लामासँग तस्वीर खिच्न लागेकी युवतीलाई स्टेज अगाडी रहेका दर्शकले ठूलो हो हल्ला गर्दै गाली समेत गरेका थिए ।

तर पनि उनले बुद्धसँग आफ्नै तालमा सेल्फी खिचिरहीन् । आयोजक टिमका केही व्यक्ति आएर उनलाई हटाउन खोज्दा पनि उनी मानेकी थिइनन् । उनको सेल्फी हान्ने तरिकाले दर्शकहरुको हो हल्ला झन धेरै बढेको थियो । त्यसपछि उनीसँगै बुद्ध लामासँग सेल्फी खिच्नेको अर्को हुल पनि स्टेजमा जबरजस्ती पुगेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

81 ÷ 9 =