लिभरपुल स्ट्राइकर सलाहले देखाए आफ्नो यस्तो अनौठो प्रतिभा , हेर्नुस् यो भाइरल भिडियो

  • 9
  •  
  •  
    9
    Shares

काठमाडौ । लिभरपुल स्ट्राइकर खेलाडी सलाहले अहिले एक अचम्मको स्किल देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियोमा उनले निश्चित दूरीमा झुण्ड्याइएको टायरमा धेरै गोल प्रहार गरेको देख्न सकिन्छ । त्यस्तै त्यो टायरमाथि एक क्यान राखेर उनले बल खेलाउँदै त्यो क्यालाई पनि टार्गेटमा प्रहार गदै गरेको देखिन्छ । जुन भिडियोले हेरेर अहिले उनको फ्यानहरुले उत्साहित हुदै प्रशंसा गरिरहेका छन् ।

उनी अरेबियन मुलुक इजिप्टका खेलाडी हुन् । उनको पुरा नाम मोहम्मद सलाह हो । उनी इंग्लिश प्रीमियर लीगमा लिभरपुलका आवद्ध स्ट्राइकर खेलाडी हुन् । उनी जारी सिजनमा निकै फर्म देखिदै आफ्नो खेलको कला प्रदर्शन गरिहेका छन् । इपीएलको जारी सिजनका ३८ खेलमा उनले ३२ गोल गरिसकेका छन् । उनकै उत्कृष्ट प्रदर्शनले लिभरपुल अहिले समान अंक भए पनि गोल अन्तरका कारणले पहिलो पटक ईपीएल अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । त्यसैले शीर्ष स्थानको म्याचेष्टर सिटीभन्दा कम खेल खेलेपनि लिभपुरलले छिटै शीर्ष स्थानमा कमब्याक गर्ने धेरैले अनुमान गरेका छन् ।

उनकै प्रदर्शनमा यो सीजनमा लिभपुर लीग जित्ने होडमा बलियो बन्दै गएको छ । सलाहले भर्खरै आफ्नो आधिकारिक ट्वीटरमार्फत यो भिडियो शेयर गरेका थिए । जसको दुई दिनपछि यो भिडियो करिब २५ लाख पटक हेरेका छन् । हेर्नुस् यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =