बलात्कारपछि हत्या गर्ने २ युवालाई गोलि हानियो, गर्भवती महिलालाई पनि चाँडै फाँसी दिने तयारी

  • 798
  •  
  •  
  •  
  •  
    798
    Shares

काठमाडौ । विश्वको विभिन्न देशहरुमा बलत्कारीलाई मृत्युदण्डको सजाय दिइने कानुन रहेको छ । तर नेपालमा भने बलत्कारीहरु खुलेलाम हिडिरहेका हुन्छन् । त्यसैले यहाँ हरेक दिन एक बलत्कारको मुद्धा दर्ता हुन्छ । त्यस्तै आज हामी तपाईलाई निकै डरलाग्दो बलत्कारको घटना बारेमा कुरा गदै छौ ।

यो घटना यमनको हो । जहाँ १२ बर्षका एक किशोरमाथि बलात्कार गरि हत्या गरेको आरोपमा २ युवकलाई हजारौ मानिसहरुको माझमा आर्मीले गोली हानी हत्या गरेको छ । २८ बर्षीय वाडेह रफट र ३१ बर्षीय मुहम्मद खालिदलाई गोली हान्नुअघि पानी खान दिएर गोली हानिएको थियो । उनीहरुले केही दिन अघि मात्र आफ्नै घरमा खेलिरहेको अवस्थामा बालकको अपहरण गरि बलात्कार र पछि हत्या गरेका थिए ।

तर एक युवतीले बलत्कारपछि हत्या गरिएको बालकको शव लुकाउन ती दुई युवकलाई सहयोग गरेको आरोपमा उनलाई मृत्युदण्डको सजाय सुनाइएको डेलिमेलले जनाएको छ । तर ती ३३ वर्षकी युवती अहिले गर्भवती भएकाले केही समयपछि फाँसी दिने अधिकारीहरुले बताएका छन् । किनभने यमनमा हत्या , बलात्कार , आतंकवाद जस्ता मुद्धामा मृत्युदण्ड दिइने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 2