नायक आर्यन सिग्देल र नायिका प्रियङ्का कार्की माइनस ४ डिग्री तापक्रममा पनि देखिए रोमान्टिक अवतारमा

  • 845
  •  
  •  
    845
    Shares

काठमाडौ । अहिलेकी चर्चित नायिका प्रियङ्का कार्की र नायक आर्यन सिग्देल एक फिल्मको गीतको सुटिङको क्रममा सिक्किमको हिमाली क्षेत्रमा पुगेका छन् । जहाँ उनीहरुलाई माइनस ४ डिग्रीको तापक्रममा निकै रोमान्टिक अवरतारमा चाँगु लेकमा देख्न सकिन्छ ।

निर्देशक विकासराज आचार्यको फिल्म ’हजार जुनीसम्म’ यी दुई जोडी पर्दामा आउने तयारीमा छन् । जुन चलचित्रमा दिपाश्री निरौलालाई पनि आइटम गीतमा देख्न सकिनेछ । यस फिल्मले २०७६ सालको भदौ १३ गते आफ्नो रिलिज मिती तोकेको छ । फिल्म मुख्य कलाकारको रुपमा आर्यान सिग्देल ,प्रियका कार्की , स्वस्तिमा खड्का,नव नायक अक्की प्रदान ,उत्तम केसी , शिवहरी पौड्याल लगायतका कलाकारहरु रहेका छन् ।

यस फिल्मको सुटिङ यतिबेला सिक्किममा धमाधम भइरहेको छ । फिल्मको एउटा गीतमा नायक आर्यन सिग्देलको अगालोमा नायिका प्रियङ्का कार्की निकै रोमान्टिक अवतारमा देखिएकी छिन् । हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 ÷ 2 =