५ कक्षाका बिद्यार्थी स्कुलको ट्वाईलेटमा कुटाकुट, एकको ज्यान गयो, प्रत्यक्षदर्शी यस्तो भन्छन् (स्थलगत रिपोर्ट)

  • 122
  •  
  •  
    122
    Shares

काठमाडौ । पोखराको एक विद्यालयमा ५ कक्षाका पढ्ने बिद्यार्थीबीच ट्वाईलेटमा कुटाकुट हुदा एक जनाको मृत्यु भएको छ । भद्रकाली माध्यामिक बिद्यालयमा एउटै कक्षामा अध्ययनरत आशिष गुरुङ र होम बहादुर बिक केही विवाद पछि ट्वाईलेटमा पसेका थिए । करिब ४ बजेको समय भएकाले त्यसबेला उनीहरुको ट्युसन क्लास सुरु भएको थियो ।

तर जब ट्वाईलेटमा ठुलो होहल्ला हुन थाल्यो । त्यसपछि सबै जना हेर्न जादाँ होम वहादुर निकै गम्भीर घाइते अवस्थामा देखिएका थिए । उनको अवस्था खतराजनक भएकाले उनलाई तत्काल गण्डकी अस्पताल लगियो । तर त्यहाको चिकित्सकले बिद्यार्थीको अवस्था निकै चिन्ताजनक रहेकाले त्यहाँ उपचार गर्न असम्भव भएको भन्दै अकै अस्पताल लान भनेका थिए । त्यसपछि बिकलाई मणीपाल अस्पताल लगिएको थियो । तर अवस्था निकै नाजुक भएकाले विकको उपचारको क्रममा मृत्यु भयो । त्यसपछि ४ बजे घर फर्कन्छ भनेर आशामा बसेकी आमाको आँखाबाट यो खबर सुनेपछि सबै सपनाहरु बर्खाको भेल झै गए । थप जानकारीको लागी यो स्थलगत रिपोट हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 10 = 14