चेल्सीको पोस्टमा म्यानचेस्टर सिटीका आधा दर्जन गोल, शिर्ष स्थानमा उक्लियो

  • 21
  •  
  •  
    21
    Shares

काठमाडौंः साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शानदार जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलले हराएको हो । चेल्सीलाई लज्जास्पद हार चखाउने क्रममा सर्जियो अग्यूरोले ह्याट्रिक गर्दा रहिम स्टर्लिङले दुई तथा गुन्डोगानले एक गोल गरे ।

खेलको चौथो मिनेटमै स्टर्लिङको गोलबाट सिटीले अग्रता लिएको थियो । १३ औं मिनेटमा अग्यूरोले गोल गर्दा सिटीले अग्रता दोब्बर बनाएको थियो । १९ औं मिनेटमा अग्यूरोले व्यक्तिगत दोस्रो तथा सिटीका लागि तेस्रो गोल गरे । २५ औं मिनेटमा गुन्डोगानले गोल थपेपछि सिटीले ४–० को अग्रता बनायो ।

दोस्रो हाफमा सिटीले थप दुई गोल गरेको थियो । ५६ औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अग्यूरोले ह्याट्रिक पुरा गरेका थिए । प्रिमियर लिगमा उनको यो ११ औं ह्याट्रिक हो । ८० औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ६–० ले अघि रह्यो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र चेल्सी माथि सिटीले शानदार जित निकाल्न सफल भयो ।

जितसँगै सिटी शिर्ष स्थानमा उक्लिएको छ । उसले २७ खेलबाट ६५ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको समेत समान अंक छ, तर गोल संख्याका आधारमा सिटी शिर्ष स्थानमा छ । लज्जास्पद हार चाखेको चेल्सीले भने २४ खेलबाट ५० अंक जोडेको छ र छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

45 ÷ = 15