भेनेजुएलामा सेनाका उच्च अधिकृतद्वारा अन्तरिम राष्ट्रपति गुइदोलाई समर्थन, संकटमा मदुरो

  • 25
  •  
  •  
    25
    Shares

एजेन्सी, २८ माघ । भेनेजुएलाको सेनाले विपक्षी नेता हुवाँ गुइदोको समर्थन गरेको छ । सेनाका डा.कर्णेल रुबेन पास सिमेनेसले राष्ट्रपति निकोलास मादुरोप्रति आफ्नो बफादारी अन्त्य भएको घोषणा गरेका हुन् ।

उनले शनिबार भिडियोमार्फत सन्देश जारी गर्दै भने, ‘सशस्त्र बलमा कार्यरत ९० प्रतिशत व्यक्ति असन्तुष्ट छौं । मादुरोलाई सत्तामा टिकाइराख्न हामीलाई प्रयोग गरिएको छ ।’
उनले आफ्ना सहकर्मीलाई भेनेजुएलालाई दिइएको मानवीय सहायता वितरणमा सहयोग गर्न पनि आह्वान गरेका छन् । अमेरिकाबाट सहायता सामग्री लिएर आएको जहाज कोलम्बियाको कुकुतामा रोकिएको छ । मादुरोले उक्त जहाज भेनेजुएलामा प्रवेश गर्न दिएका छैनन् ।

उनले उसलाई अमेरिकी आक्रमणको संज्ञा दिएका छन् । एक साताअघि वायु सेनाका जनरल फ्रान्सिस्को यानेसले पनि मादुरोप्रतिको बफादारी अन्त्य भएको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 56