टर्कीले हिरासतमै मृत्यु भएका भनिएका संगीतकार अब्दुरेहिम जीवितै रहेको भिडियो सार्वजनिक

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

एजेन्सी, २८ माघ । चीनले हिरासतमै मृत्यु भएका भनिएका उइगर संगीतकार अब्दुरेहिम हेयित जीवितै रहेको देखिने भिडियो सार्वजनिक गरेको छ ।

चिनियाँ सरकारी रेडियो चाइना रेडियो इन्टरनेसनलको तुर्केली भाषा सेवाले अब्दुरेहिम हेयित बोलिरहेको भिडिओ सार्वजनिक गरेको हो । उनको मृत्यु भएको दाबीका साथ चीनको आलोचना गर्ने टर्कीको कदममा कुनै तुक नभएको उसले जनाएको छ ।

फेब्रुअरी १० तारिखमा खिचिएको त्यो भिडिओमा अब्दुरेहिम हेयित जीवितै रहेको र उनले आफ्नो ‘स्वास्थ्य राम्रो’ रहेको बताएको देखिन्छ । यसअघि टर्कीले अब्दुरेहिमको हिरासतमा मृत्यु भएको भन्दै चीनको उत्तर पश्चिमी सिन्जियाङ प्रान्तका बन्दीगृहहरू बन्द गर्न चीनलाई आग्रह गरेको थियो ।

सार्वजनिक गरिएको भिडिओमा हेयितले आफूले देशको कानुन मिचेको अभियोगमा अनुसन्धान भइरहेको बताएका छन् । तर हेयित जीवितै देखिने भिडिओको सत्यतामाथि सिन्जियाङका मुस्लिम उइगर समुदायका मानिसले भने आशंका व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =