आज पनि चिकित्सकले स्वास्थ्य मन्त्रालयसम्म जुलुस निकाल्ने

  •  
  •  
  •  

काठमाडौं, २८ माघ । आन्दोलनरत डाक्टरहरुले आज वीर अस्पतालदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म जुलुस निकाल्ने भएका छन्।

सरकारी चिकित्सक संघ (गोदान)को अगुवाइमा विरोध जुलुस निकाल्न लागिएको हो । संघीय संरचनाअनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाउँदा डाक्टरको दरवन्दी संघमा राख्दै प्रदेश र स्थानीय तहमा आवश्यकताअनुसार खटाउन माग गर्दै चिकित्सक आन्दोलित भएका छन् ।

संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो । संघले विगतमा सरकारसँग गरिएको सहमतिविपरीत समायोजन मान्य नहुने भन्दै आन्दोलन सुरु गरेको हो । संघले आइतबार समायोजनका विषयमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिएको थियो । सो क्रममा २५ जनाभन्दा बढी चिकित्सक पक्राउ परेका थिए ।

विगतको सहमति कार्यान्वयन नभए चिकित्सकलाई उच्च तह अध्ययन, तालिम बृति विकासमा दीर्घकालिन असर पर्ने, हालको दरवन्दी तेरिज र संगठन संरचनाअनुसार भए आफूभन्दा कनिष्ठ कर्मचारीको मातहतमा बस्नुपर्ने, माथिल्लो अस्पतालमा सरुवा र बढुवामा असर पर्ने लगायतका समस्या देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 3