पर्यटन प्रवद्र्धनको ६३ लाख भोजभतेरमै सकियो, सञ्चारमन्त्री भन्छनु, डिस्टर्ब नगर्नुस् विकास हुँदैछ

  • 24
  •  
  •  
    24
    Shares

काठमाडौं, २८ माघ । केही दिनअघि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले काभ्रेमा एक मन्दिरको उदघाटन गर्दै देशले विकासमा फड्को मारेको बताएका थिए । उनले सरकारले काम गरिरहेकाले डिस्टर्भ नगर्न आग्रह गरेका थिए ।

तर, नेकपाकै नेताले जितेको धरान उपमहानगरपालिकामा लाखौं रुपैयाँ भ्रष्टाचार भएको तथ्य उजागर भएको छ । धरान उपमहानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् ।

उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनुपर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार ३७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन ।

पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटनसम्बन्धी योजना छनोट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफूखुसी दुरुपयोग गरी नीतिगत भ्रष्टाचार गरेको हो । उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पर्यटन विकास उपशाखासंग स्थानीय विभिन्न संघसंस्थाले तीन लाख पाँच हजार रुपैयाँको मात्र कार्यक्रमको सम्झौता गरेको पाइएको छ ।

पर्यटन विकासलाई भनेर धरान उपमहानगरले चालुू आर्थिक वर्षका लागि एक करोड रुपैयाँ छुट्याएको थियो । छुट्याइएकोमध्ये ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च भइसकेको छ । तर पर्यटन शीर्षकमा अहिलेसम्म तीन लाख पाँच हजार रुपैयाँको मात्रै विभिन्न संघ संस्थासँग सम्झौता गरिएको हो। जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अन्य रकम आफूखुसी पाटी र भोजको आयोजना गरेर पर्यटन विकासको बजेट स्वाहा बनाइएको बताइन्छ ।

पर्यटन विकासमा छुट्याइएको बजेटबाट धरानको ईजी राइर्डस होटेलमा ६ लाखभन्दा बढीको मदिरा पार्टी गरिएको छ । उक्त पाटीमा सहभागीलाई वास्र्टनर वियर, रुस्लान भोट्का र मासु भात खुवाइएको थियो । धरान उपमहानगरले इलाम नगरपालिकासंग भगिनी सम्बन्ध गाँस्न जाँदा १० लाख भन्दा बढी रकम मदिरा सेवन र मासुभातमा खर्च गरेको छ ।

धरानमा आयोजना गरिएको चिया महोत्सवमा आएका पाहुनालाई धरान स्विमिङ पुलमा आयोजना गरिएको मदिरा पाटीको दुई लाख २१ हजार रुपैयाँ धरान किचन होटेललाई पर्यटन विकास बजेटबाट भुक्तानी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 12