एउटै केटीको अनेक नाम, फेसबुक खोल्ने केटा फसाउने लाखौँ पैसा असुल्ने गर्छिन् काम

  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौँ । सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगै समाजमा ठगी धन्दा गर्ने मानिसको संख्या बढ्दै गएको छ । टाढाको साथीभाई आफन्तलाई नजिकिन सजिलो माध्यमको रुपमा प्रयोग गरिने सामाजिक सञ्जाललाई सहि तरिकाले चलाउन सक्यौँ भने कयौँ फाइदा रहेको छ । तर सही उपयोग गर्न जानिएन भने सामाजिक सञ्जालबाट नै विकृतीहरु भित्रीन्छ ।

पछिल्ले समय यस्तै एउटा घटना सार्वजनिक भएको छ । मान्छे एउटै भएपनि कयौँ नामहरु प्रयोग गरेर फेसबुक आइडी बनाएकी एक महिला ठगी धन्दामा सक्रिय रहेको कुरा पत्ता लागेको छ । बलात्कारको अभियोग लगाएर एक युवकलाई फसाउने एक युवतीले ३० लाख रुपैयाँ मागेको घटना सार्वजनिक भएको हो । मान्छे एउटै तर फरक फरक नाम राखेर आइडी खोल्दै युवाहरुलाई फ्रेन्डरिक्वेस्ट पठाउने र मित्रता बढ्दै गएपछि ब्याल्याकमेल गर्ने गरेर पैसा असुल्दै आएको पाइएको छ ।

प्रहरीको एक अनुसन्धानबाट उनी प्रहरीको फन्दामा परेकी छन् । प्रहरीले ती युवती सहित अन्य दुई जना महिलालाई पनि प्रक्राउ गरेको छ । ती युवतीले अन्य कयौ युवालाई यसैगरि फसाएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको छ । ती युवतीको असली नाम पापिया हो । तर उनले आफुलाई पायल नामले चिनाउने गरेको पाइएको छ । त्यसपछि उनले अञ्जली इशा नामबाट फेसबुक बनाएकी थिइन् ।यसरी आइडी परिवर्तन गर्दै तीनै युवालाई रिक्वेस्ट पठाएर मित्रता कायम गरेपछि तीनै युवकहरुलाई ब्याल्कमेल गर्ने गरेको पाइएको छ ।

यो घटना भारतको कोलकातामा भएको हो । युवतीको वास्तविक ठेगाना त्रिरा रहेको छ । ४ वर्ष अगाडी नै श्रीमानको मृत्यु भएपछि काम गर्ने गर्थिन् । उनको दुई सन्तान रहेको छन् । प्रहरीको प्रक्राउमा परेकी महिला मध्ये उनकी आमाले पीडितलाई धम्काउने र बलात्कारको अभियोग लगाएर धम्की दिँदै गुढागौडजीका एक युवालाई ३० लाख मागेकी थिइन् । ती युवकले ती युवतीलाई २ लाख रकम दिइसकेका छन् । तर उनले यो रकम दिए लगतै प्रहरीलाई तत्काल खबर गरेका थिए । तत्काल प्रक्राउ परेकी युवतीले ३० लाख मागेपछि १३ लाख सम्म दिने सहमती भएको र बार्गेनिङ नमिलेपछि युवकले प्रहरीलाई खबर गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1