प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतमा बढ्दो दम्भ, कांग्रेसका संस्थापक बीपी कोइरालाको अवमूल्यन

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं, २८ माघ । ‘होचो बढ्यो भने बडो फूर्ति लगाउँछ’ भन्ने नेपाली उखान अहिले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग ठ्याक्कै मेल खाएको छ । संघीय समाजवादी फोरमबाट मुख्यमन्त्री बनेका राउतले आफू जति जान्ने र विद्वान अरु कुनै नभएको भन्दै भाषण दिन छाडेका छैनन् ।

केही अगाडिसम्म प्रधानमन्त्री केपी ओलीको सत्तोश्राप गर्ने राउत अहिले नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको अपमान गर्न उद्यत भएका छन् । सम्पूर्ण लोकतन्त्रवादीहरूको आस्थाको धरोहर तथा कम्युनिस्ट नेताहरूले समेत आदर्श व्यक्तित्व मान्ने बीपीलाई मुख्यमन्त्री राउतले तुच्छ शब्दले गालीगलौज गरेका छन् ।

आफ्नै संस्थापक नेताप्रति तल्लो स्तरमा गिरेर मुख्यमन्त्री राउतले बोल्दा पनि कांग्रेसले औपचारिक रूपमा अहिलेसम्म केही बोलेको छैन ।

राउतले सहिद दिवसको दिन माघ १६ गते बीपी उद्यानमा ‘मधेसी सहिद पार्क’ बनाउने योजनाको शिलान्यास गर्दै बीपीको मधेसमा कुनै योगदान नभएको भन्दै मधेसले बीपीलाई नचिन्ने भनेका थिए । बीपी कुनै पार्टीको संस्थापक नेता मात्रै होइन, पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन् ।

तर, तिनै व्यक्तित्वमाथि अमर्यादित शब्द बोल्ने राउतप्रति कांग्रेस किन मौन छ भन्ने चासो सर्वत्र देखिएको छ ।

राउतले बीपीको नाममा खुलेको उद्यानमा मधेसी सहिद पार्क बनाउनबाट कसैले नरोक्ने बताएका थिए । आइतबार मात्रै प्रदेश २ सरकारको सो निर्णयविरुद्ध नेपाली कांग्रेसले औपचारिक रूपमै धारणा सार्वजनिक गरिसकेको छ ।

बीपी उद्यान वीरगन्ज महानगरको स्वामित्वमा रहेको र त्यसलाई कसैले पनि भोगचलन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि मुख्यमन्त्री राउतले किन कांग्रेससँग जोरी खोजेको हो भन्ने बुझ्न सकिएको छैन ।

यदि मुख्यमन्त्री राउत स्वेच्छाचारी ढंगले अघि बढे उनको कुर्सी धरापमा नपर्ला भन्न सकिन्न । किनभने प्रदेश २ मा पनि नेकपा नै ठूलो दल हो । राजपाको सहयोगमा मुख्यमन्त्री बनेका राउत राजपाले समर्थन फिर्ता लिनवित्तिकै पदबाट जतिवेला पनि बाहिरिने अवस्थामा छन् । तर, पनि उनले नेकपा र कांग्रेस नेताहरूको हुर्मत लिन छाडेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 4