यी बालकको क्षमता देखेर अमिताभ बच्चनले इन्स्टाग्रामा भिडियो शेयर गर्दै यस्तो लेखे

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौ । बलिउडका महानायक अमिताभ बच्चनले एक बालकको ज्ञान देखेर अचम्म मान्दै उक्त भिडियो आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले आफ्नो आधिकारिक इंस्टाग्राम अकाउण्टबाट यो भिडियो शेयर गदै यस्तो लेखेका छन् ,नाई नाई … यो बच्चा असली त हो।’ जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियो उनले शेयर गरेको ६ घण्टामा १० लाखभन्दा धेरै पटक हेरिसकिएको छ ।

आखिर बालकमा के क्षमता थियो र अमिताभले विश्वास गरेनन् ?

यो भिडियो एक प्लेन भित्रको हो । यो भिडियोमा एउटा बच्चा पाइलटलाई प्लेनको इन्जन फेल भयो भने के गर्नुपर्छ भनिरहेको छ । त्यो बालकले प्लेनमा रहेको र्याम एअर टरबाइन एक किसिमको इमरजेन्सी सिस्टम हो भन्दै पाइलटलाई बुझाइरहेको छ । यसले त्यो बेला काम गर्छ, जब प्लेनको इन्जन फेल हुन्छ । र्याम एअर टरबाइन इन्जनलाई कन्ट्रोल गर्छ र फेरि उसलाई काममा लगाउँछ । भन्दै पाइलटलाई धेरै पटक बताएको छ । जसले गर्दा अमिताभले विश्वास गरेनन् । यो भिडियो हेर्दा यो बालक कुनै पाइलटकै बच्चा भएको धेरैले अनुमान गरेका छन् । तर आधिकारिक पुष्टि भने भएको छैन । भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 6 =