तेलमा डुबेका बालकलाई भेटेर शिशिर भण्डारीले गरे सहयोग भने ‘बाबु तिमी भुत हैनौँ भगवान हौँ’

  • 13
  •  
  •  
    13
    Shares

काठमाडौँ । निकै सुन्दर प्युठानका शिशिर खड्काको परिवारको लागि गत असारको त्यो दिन कालो दिनको रुपमा परिणत भयो । बाबु आमासँग रमाएर बसेका २ वर्षिय बालक शिशिर र उनको परिवारको खुसी यो घटना घटेको दिनबाट नै खोसियो । अझ शिशिरको त जीन्दगी नै बर्बाद भयो ।

साथीसँग खेल्दै गरेका शिशिर पुरी पकाउन उमालेर राखेको तेलमा डुबे । छोरालाई साथीसँग खेल्न छोडेर पानी लिन गएकी आमा फर्केर आउँदा छोराको त्यो हालत देखेर मुर्छा परिन् । भारतमा रोजगारीको शिलशिलमा रहेका शिशिरका बाबू खबर सुन्ने बित्तिकै घर फर्के । पटक पटक गरिएको अप्रसनले शिशिरलाई यो अवस्थासम्म ल्याउन सफल भयो ।

परिवारको ठूलो खुसी शिशिर बाच्न त बाँचे तर उनको सुन्दरता लुटियो । गरिब परिवार भएपनि शिशिरको उपचारको लागि परिवारले १२ लाख भन्दा बढी खर्च गरिसकका छन् । ऋण गरेर छोरालाई यतिसम्म बनाएका शिशिरको बाबू आमा रुदा रुदा थाकिसके । शिशिरको पहिलेको फोटो हेर्न उनका आमा बाबू सक्दैनन् । यति ठूलो दुर्घटनाबाट बाँचेका शिशिर आजकाल झनक्क रिसाउने भएका छन् । शिशिरले आफ्नो अनुहार हेर्दै घरमा भएको सबै ऐना फुटाइसके ।

उनी आफै भन्छन्, ‘आफ्नो अनुहार हेर्दा रिस उठ्छ रे अनि आफुलाई पनि भूत जस्तै लाग्छ रे ।’ २ वर्षिय बालकलाई अहिलेदेखि नै आफ्नो अनुहारप्रति यति ठूलो घृणा जागिसकेको छ । शिशिर खड्काको बारेमा बुझ्न गएका सञ्चारकर्मी शिशिर भण्डारले उनलाई भेटेर ‘बाबू तिमी भूत हैनौँ भगवान हौँ’ भन्दै ३२ हजार रुपैयाँ सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 7 = 13