‘क्याप्टेन’ लिएर अनमोल नेपालगन्जमा,देखियो यस्तो क्रेज

  • 45
  •  
  •  
    45
    Shares

काठमाडौँ। युवा स्टार अनमोल केसी नेपालगञ्ज पुगेका छन् । ‘प्रथम प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटक महोत्सव २०७५’ मा सहभागी हुन् नेपालगञ्ज पुगेका अनमोल चलचित्र ‘क्याप्टेन’को प्रमोशन संगै आफ्ना फ्यानसँग सेल्फीसमेत भ्याएका थिए ।

चलचित्र ‘क्याप्टेन’को ट्रेलर रिलिज भए लगतै देखि प्रचार प्रसारमा जुटेको उनि चलचित्रको प्रमोशनकै लागि ‘क्याप्टेन’ निर्माण संगै त्यहाँ पुगेका हुन् । युवा पुस्तामा निकै लोकप्रिय रहेका उनलाई भेट्न झन्डै २५ हजार दर्शक त्यहा पुगेका थिए ।

महोत्सवकै लागि भनेर अभिनेता भुवन केसी र निरुता सिंह पनि त्यहाँ पुगेका छन् । उक्त महोत्सवमा अनमोल आउने थाहा पाएपछि उनलाई हेर्न लामो समयदेखि दर्शक प्रतीक्षामा थिए ।

फुटबल खेलाडीको जीवनीमाथि आधारित ‘क्याप्टेन’ चलचित्रको निर्देशन दिवाकर भट्टराईले गरेका हुन् । चलचित्रमा सरोज खनाल, विल्सनविक्रम राई, सूर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठलगायतको अभिनय रहेको छ ।

क्याप्टेनमार्फत उपासनासिंह ठकुरी र प्रियंका एमभीले अभिनयमा डेब्यु गर्दैछन् । चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, सुदिप बरालको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत, दीर्घ खड्काको सम्पादन रहेको छ ।चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + = 12