यी राशी भएका युवतीहरु सजिलै बन्छन् प्रेमीका

  • 112
  •  
  •  
  •  
  •  
    112
    Shares

काठमाडौँ । आफुले रोजेको मान्छेलाई पाउने चाहना सबैको हुन्छ । सबैको चाहना हुन्छ आफुले चाहेको मान्छेलाई कसरी आकर्षित गर्ने । ज्योतिष शास्त्रलाई मुख्य आधार मानेर अगाडी बढ्ने हो भने राशी अनुसार युवतीहरुको आचरण स्वभाव पत्ता लगाउन सकिन्छ । त्यसैले आज हामी तपाईहरुलाई कुन राशी भएका युवतीहरु चाडै माया जालमा फस्छन् भन्ने बारेमा बताउन गइरहेका छौँ ।

मेष राशी : यो राशीका युवतीहरु निकै रिसालु स्वभावको हुने गर्छन् । बाहिर देख्दा शान्त स्वभावको देखिने यस राशीका युवतीहरु घमण्डी रहेको हुन्छन् । आफु घमण्डी स्वभाव भएको कारण आफ्नो प्रेमीलाई जे भन्यो तेही मानोस भन्ने सोच राखेका हुन्छन् । त्यसकारण उनीहरुलाई प्रेममा पानै केही मेहनत गर्नुपर्ने हुन्छ ।

वृष राशी : यस राशी भएका युवतीहरु सुन्दर हुने गर्छन् । विचारमा निकै गमी रहेका यी युवतीहरु चलाख रहेका हुन्छन् । छिट्टै प्रलोभनमा नआउने भएकाले यी युवतीहरुलाई प्रेममा पार्न गाह्रो हुन्छ ।

मिथुन राशी : सालिन स्वभावका यो राशीका युवतीहरु बोलीमा खुबै नियन्त्रण राख्ने गर्छन् । शान्त स्वभाव हुने भएकाले उनीहरुको प्रेममा पर्न उच्च व्यत्तित्व भएको व्यक्ति नै चाहिन्छ ।

कर्कट राशी : साथीसँग छ्टिटै घुलमिल हुने यो राशीका युवतीहरु प्रेमको मामलामा निकै सजग रहेका हुन्छन् । हरेक तरिकाले अरुको खुबी पत्ता लगाउन सक्ने भएकाले यो राशी भएका युवतीहरुसँग प्रेम स्थापित गर्न सके राम्रो हुनेछ ।

सिंह राशी : आफ्नो कुरालाई राम्रो भन्ने बानी रहेको यो राशीका युवतीहरु घमण्डी स्वभावको रहेका हुन्छन् । समाजमा घुलमिल भएर बस्न नचाहने उनीहरु हरेक ठाउँमा आफ्नो पहिचान होस भन्ने चाहन्छन् । त्यसकारण उनीहरुसँग प्रेम सम्बन्ध स्थापित गर्न कठिन हुन्छ ।

कन्या राशी : यो राशी भएका युवतीहरु सैद्धान्तिक हुने गर्छन् । एक्लै रमाउन चाहने यो राशीका युवतीहरु खासै साथी बनाउन चाहदैनन् । त्यसकारण उनीहरुसँग प्रेम सम्बन्ध बनाउन धेरै मेहनत गर्नुपर्ने हुन्छ ।

तुला राशी : यो राशी भएका युवतीहरु हरेक गुणबाट सजिएका हुन्छन् । यो राशी भएका युवतीहरु सबैले आफ्नो प्रसंसा गरोस भन्ने चाहन्छन् । आफ्नो प्रेमी आफ्नै विचारधारको होस भन्ने चाहना भएका यो राशीका युवतीहरुलाई प्रभावित गर्नको लागि युवाहरु पनि समझदार युवाहरु रहनुपर्छ ।

वृश्चिक राशी : सुन्दरताको मामलामा सामान्य रहने यो राशीका युवतीहरु खासै भावनात्मक हुँदैनन् । भावनामा बग्न नजान्ने भएकाले उनीहरुलाई प्रेम गर्न आउँदैन् । हल्का छुच्चो स्वभावका यो राशीका युवतीहरुलाई प्रभाव पार्न अरु नै उपाय अपनाउनु पर्छ ।

धनु राशी : यो राशीका युवतीहरु घुमफिर गर्न निकै रुचाउँछन् । साहसिक काम गर्न चाहने उनीहरु कम बोल्ने व्यक्तिलाई मन पराउँछन् । यस्तै साहसिक काम गर्ने युवतीहरुले मात्रै यो राशी भएका युवतीलाई प्रेममा पान सक्छन् ।

मकर राशी : स्वाभिमानी स्वभाव भएका यो राशीका युवतीहरु हरेक कार्यमा कसैको सहयोग चाहदैनन् । शान्त स्वभावका यी युवतीहरु प्रेममा खासै रुचि राख्दैनन् । उनीहरु प्रेम सम्बन्धमा पर्नु अगाडी धेरै कुराहरु सोच्ने र्गान् ।

कुंभ राशी : यो राशी भएका युवतीहरु समझदार रहेका हुन्छन् । उनीहरु प्रया घर केन्द्रित हुने गर्छन् । उनीहरु आफ्नो प्रेमीको बारेमा धेरै अगाडीदेखि नै केही सोचिरहेका हुन्छन् । यदि आफ्नो सोचाइ मिलेमा यो राशीका युवतीहरु सजिलै प्रेममा पर्ने गर्छन् ।

मीन राशी : यो राशीका युवतीहरु रोमान्टिक पाराको हुन्छन् । काल्पनिक प्रेमको खोजीमा हुने हुँदा उनीहरुलाई कस्तो खालको प्रेमी चाहिने हो भन्ने थाहै हुँदैन् । त्यस कारण यो राशीका युवतीहरुसँगको सम्बन्ध बुझ्नु जरुरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × 1 =