‘को बन्छ करोडपति’ को तेस्रो एपिसोडमा हेटौँडाका सुजन गौतमले जिते ८० हजार

  • 97
  •  
  •  
  •  
  •  
    97
    Shares

काठमाडौँ । भर्खरै तीन वटा एपिसोड सम्पन्न गरेको नेपालको चर्चित सो ‘को बन्छ करोडपति’ मा हेटौँडाका सुजन गौतमले ८० हजार जितेका छन् । उक्त सो ब्रिटेनको चर्चित टेलिभिजन सो ‘हु वान्ट्स टु बि ए मिलेनियर’ को नेपाली संस्करण हो ‘को बन्छ करोडपति’ ।

महानायक राजेश हमालले सञ्चालन गरेको उक्त कार्यक्रम शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ। एसआरबीएन मिडियाको सहप्रायोजनमा रहेको यो कार्यक्रममा एसएमएसद्धारा प्रतियोगी छानिने र ती मध्ये पनि १० जना प्रतियोगीहरु फस्टेस्ट फिंगरको लागि चुनिनेछन् ।

ती मध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् । आइतबार प्रसारित एपिसोडमा हेटौँडाका सुजन गौतमले ८० हजार जित्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 5