रजनीकान्तकी छोरी सौन्दर्याकाे आज विवाह , सौन्दर्याको हातमा मेहेन्दी हेर्दै छोरा वेद कृष्ण (तस्विरसहित)

  • 487
  •  
  •  
    487
    Shares

काठमाडौ । बलिउडका सुपरस्टार रजनीकान्तकी छोरी सौन्दर्याको आज ११ फेब्डवरीमा विवाह हुदैछ । सौन्दर्याको विवाह जिशनगनसँग चेन्नईको ‘द लीला प्यालेस’ मा हुदैछ । विवाह आज विहान ११ बजेदेखि सुरु भएको थियो । जहाँ भारतका विशिष्ट व्यक्तिहरु र कलाकारहरुको बाक्लो उपस्थिति रहेको छ ।

तर रोचक कुरा यी दुवैजनाको यो दोस्रो विवाह हो । यस भन्दा अघि सौन्दर्याको विवाह उद्योगपती अश्विन रामकुमारसँग भएको थियो । त्यो सम्बन्ध २०१७ मा विच्छेद भयो । उनको अहिले एक छोरा रहेका छन् ।

त्यस्तै उता जिशनगनको पनि यसभन्दा पहिले एक म्यागजिनकी सम्पादक कनिका कुमारनसँग विवाह भएको थियो । उनी फार्मास्युटिकल कम्पनीका मालिक हुन् । यसबाहेक उनले केही फिल्महरुमा पनि काम गरिसकेका छन् ।

यसभन्दा पहिले उनीहरुको आयोजना गरिएको रिसेप्सन पार्टीमा पनि रजनीकान्तका आफन्त र साथीभाइको बाक्लो उपस्थिती रहेको थियो । जहाँ मेहेन्दी कार्यक्रममा आफ्नी आमा सौन्दर्याको हातमा मेहेन्दी हेर्दै गरेको छोरा वेद कृष्णको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । हेरौ तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 ÷ = 16