जानकारीको लागि अवश्य पढ्नुहोला ! यसरी थाहा पाउनुहोस् कोलेस्टेरोल कसरी हुन्छ ?

  • 788
  •  
  •  
  •  
  •  
    788
    Shares

काठमाडौँ । प्रेसर हाइ हुनु भनेको कोलेस्टेरोलको मुख्य कारण हो । यो रोगलाई विश्वकै सबैभन्दा गम्भिर रोगको रुपमा लिइन्छ । खासै कोलेस्टेरोलको बारेमा नजान्दा मानिसहरुले यसको समस्या बारे पहिचान गर्न सक्दैनन् । त्यसकारण आज हामी तपाईहरुलाई कोलेस्टेरोल कसरी बढ्छ र कोलेस्टेरोल भएको कसरी थाहा पाउने भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

यस्तो समस्या खानेकुराहरुको कारण हुने गर्छ । हामीले दैनिक रुपमा उपभोग गर्ने जुन चीजहरुमा (एल डी एल) को मात्रा बढी रहेको हुन्छ त्यसकै कारण कोलेस्टेरोल हुने गर्छ भने चुरोट रक्सी खैनी जस्ता खानेकुराको सेवनले पनि कोलेस्टेरोल बढ्ने हुन्छ । यसरी बढेको कोलेस्टेरोल शरिरमा रगत अवातजावत हुने नशामा गएर बस्छ र जसको कारण नशामा प्रेसर बढी हुन्छ ।

सबैभन्दा बढी कोलेस्टेरोल दिलमा रगत पुर्याउने कोरेनरी अट्रेरिज र दिमागको कोेरेटिड अट्रेरिजमा जम्मा हुने हुँदा अचानक हृदय घातको समस्या बढ्छ । यस्तो समस्या स्वास्थ देखिएका व्यक्तिमा पनि हुने गर्छ । यसको मुख्य कारण भनेको हाम्रो जीवन शैली र खानपान हो । त्यसकारण आज हामी तपाईहरुलाई कोलेस्टेरोलको लक्षणहरुको बारेमा जानकारी दिन गइरहेका छौँ ।

१. हात खुट्टा नचल्नु वा लाटो हुनु : कोलेस्टेरोल बढ्दा शरिरमा रगत प्रवाह हुने अट्रेरिज संकुृचित हुन्छ । त्यसले गर्दा शरिरमा रक्त प्रवाह कम हुन्छ । यसले खास गरेर खुट्टमा पहिलो असर देखाउँछ । यस्तो भएको बेलमा हात खुट्टा नचल्ने बस्दा वा राती सुत्ने समय नसा चढ्ने वा फुल्लिने, प्राय खुट्टा झमझम हुने वा काँटाले घोचेको जस्तो हुने आदि समस्याहरु देखिदै जान्छ ।

२. एकदम धेरै थकान वा कमजोरी महसुस हुनु : कोलेस्टेरोल बढ्दा शरिरले पुरै खानेकुरा पचाउन सक्दैन् । जसले गर्दा विस्तारै पौष्टिक तत्वको कमी हुन्छ । यस्तो बेलामा थकाई लाग्ने, धेरै पसिना आउने जस्ता समस्या देखा बढ्दै जान्छ ।

३. तौल बढ्नु : शरिरमा कोलेस्टेरोको मात्रा बढी छ भने यसले चर्पीलाई बढ्नबाट रोक्छ । कोलेस्टेरोला बढ्यो भने शरिरको तौल बढ्दै जान्छ । यस्ता व्यक्तिको दिमागमा र मुटुमा बढी खतरा देखिन्छ ।

४. छाँती दुख्नु : अट्रेरिजमा जम्मा भएको कोलेस्टेरोले रगतको प्रवाहलाई रोक्छ । त्यसको कारण छातीको वरिपरि दुख्ने शरिर भारी भएको महसुस हुने जस्ता समस्याहरु बढ्दै जान्छ ।

५. टाउको दुख्नु वा रिंगटा लाग्नु : कोलेस्टेरोलको बढ्दै जाँदा यसको असर मुटुमा र दिमागमा पर्ने गर्छ । जसले गर्दा आधा टाउको दुख्ने समस्या सुरु हुन्छ । यसै कारण चक्कर लाग्ने डर महसुुस हुने समस्याहरु देखा पर्छ ।

६. सास फुल्नु वा धेरै पसिना आउनु : शरिरमा कोलेस्टेरोलको मात्रा बढी भयो भने रक्त सञ्चारलाई कमजोर बनाउँछ । यस्तो बेलामा धेरै थाक्ने, पसिना आउने, सास बढ्ने जस्ता समस्याहरु देखिन्छ ।

७. खाना नपच्नु वा ग्यास्ट्रिक बढ्नु : कोलेस्टेरोल बढेको बेलामा पाचन प्रक्रिउमा ठूलो असर परेको हुन्छ । बढ्दो कोलेस्टेरोलले शरिरको मेटाबोलीजम कमजोर हुन्छ । त्यसकारण पेट फुल्ने ग्यास बढ्ने कब्जिय हुने जस्ता समस्याहरु बढ्दै जान्छ ।

८. आँखाको वरिपरी दाना आउनु : कोलेस्टेरोलको मात्रा बढ्दै गएपछि आँखाको वरपरि पहेँलो दाना जस्तो देखा पर्न थाल्छ । सुरुमा मसिनो देखिने यी दानाहरु विस्तारै बढेर ठूलो हुँदै जान्छ र दुख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 − = 85