यस्तो छ, च्याम्पियन्स लिगको नकआउट चरणमा खेलाइने बल

  • 47
  •  
  •  
  •  
  •  
    47
    Shares

काठमाडौंः च्याम्पियन्स लिगको नकआउट चरणका खेल मंगलबार राति देखि सुरु हुँदैछ । युइएफएले केही समय अघि च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रयोग गर्ने नयाँ बल सार्वजनिक गरेको थियो । बल बनाउने कम्पनी एडिडासले आफ्नो अफिसियल वेबसाइटबाट च्याम्पियन्स लिगमा खेलाइने नयाँ बल सार्वजनिक गरेको थियो ।

एडिडासले बनाएको नयाँ बललाई ‘मड्रिड १९’ नाम दिइएको छ । बलमा ‘मड्रिड १९ फाइनल’ लेखिएको छ । युइएफएले पनि सो बललाई प्रतियोगिताको नकआउट चरणमा खेलाउने बलका रूपमा सार्वजनिक गरेको छ । प्रतियोगिताको अन्तिम १६, अन्तिम अन्तिम चार र फाइनलमा समेत सोही बेल प्रयोग हुनेछ ।

सार्वजनिक बल सुन्तला रङको रहेको छ । एडिडासले बनाएको बलमा हल्का रातो र सुन्तला रङ मिश्रित छ । सँगै, सेतो रङमा ५ वटा तारासमेत छन् । बेलमा एडिडासले ‘अफिसियल म्याच बल’ लेखेको छ भने आफ्नो कम्पनीको नाम ‘एडिडास’ पनि लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 ÷ 4 =