राजा महेन्द्रले पानीजहाज कानुन बनाए, प्रधानमन्त्री ओलीले बिहीबार एकान्तकुनामा पानीजहाज कार्यालय खोल्दै

  • 41
  •  
  •  
    41
    Shares

काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी ओलीले गत वर्ष आगामी पुस १६ गते कोसीमा पानीजहाज चल्ने बताएका थिए । तर, पुस १६ गते कोसीमा पानीजहाज चलेन । त्यसपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यंग्य र आलोचना गरिएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससम्बद्ध भ्रातृसंगठनले कागजको डुंगा बनाएर सडकको खाल्डामा जमेको पानीमा राखेर व्यंग्य गरेपछि प्रधानमन्त्री ओलिले २०७६ जनवरी १ तारिखमा पानीजहाज चढेर कोलकात्ता जान आाालोचकलाई निम्ता गरेका थिए ।

प्रतिनिधिसभाको बैठकलाई पुस २२ गते सम्बोधन गर्दै ओलीले केही समयअघि पानीजहाज चलाउँछु भन्दा कागजका पानीजहाज बनाएर उडाउने अहिले फेरि खै पानीजहाजको टिकट कहाँ पाइन्छ भनेर सोध्न थालेको आफूले सुनेको बताएका थिए ।

‘कहाँ छ पानीजहाजको टिकट पाउने ठाउँ भनेर सोधेको पनि सुनें,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘पहिला सम्भव छैन भन्नेलाई पनि लाग्न थाले पानीजहाज चल्ने भएछ, ढुक्क हुनुस्, एकदिन पानीजहाजको टिकट पाउने काउन्टर पनि खुल्नेछ ।’

माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले पानीजहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । कार्यालयमा उपसचिवले नेतृत्व गर्ने र १६ जनाको दरबन्दी रहने जानकारी दिए । नेपालमा पानीजहाज चलाउने सरकारको महत्वाकांक्षी योजना सफल बनाउन ललितपुर एकान्तकुनामा पानीजहाज कार्यालय खुल्ने भएको छ । कार्यालयको बिहीबार प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने भएका छन् ।

कार्यालय खोल्नेबारे भौतिक पूर्वाधार तथा यातयात सचिव मधुसुधन अधिकारीको नामबाट निमन्त्रण पत्र छापेर बाँडिएको छ । नेपालमा पानीजहाज कानुन २०२७ सालमै बनेको थियो । राजा महेन्द्रले पानीजहाज चलाउन कानुन बनाएका थिए । तर, ४८ वर्षपछि प्रधानमन्त्री केपी ओलीको पालामा पानीजहाज कार्यालय औपचारिक रूपमै खुल्न लागेको हो ।

ओलीले पानीजहाज चलाउने बताएदेखि नै पूर्वी नेपालका कोसीलगायत विभिन्न नदीमा स्टिमर र जेटबोट सञ्चालन भइरहेका छन् । केही समयअघि मात्रै १०० सिटे मिनी पानीजहाज पनि ल्याइसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 1