टीनासँग ऋषिकाे अफेयर रहेको भन्दै रिसले आक्रोसित भएका सञ्जयबाट यसरी बचाइन् नीतुले ऋषिलाई

  • 425
  •  
  •  
  •  
  •  
    425
    Shares

काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त र टिना मुनिम बच्चैदेखिको मिल्ने साथी हुन् । सँगै कलेजको पढाइ पुरा गरेका यी दुई नजिकिदै गएपछि एक समय उनीहरुको सम्बन्धको खुबै चर्चा भएको थियो । बच्चैदेखि सँगै सँगै रहेका उनीहरु एकअर्कालाई खुबै माया गर्थे ।

कलेज फ्रेण्ड रहेका उनीहरुको सम्बन्ध प्रेममा बद्लिएको थियो । प्रेम सम्बन्धलाई अझ प्रगाढ बनाउन सञ्जयले फिल्म ‘रकी’ बनाउने सोच बनाएका थिए । सञ्जयको डेब्यु फिल्म पनि ‘रकी’ नै बन्यो । सुनिल दत्तले निर्माण गरेको फिल्म ‘रकी’मा अभिनेत्रीको रुपमा टिनालाई लिइयो । देव आनन्दको फिल्ममा अभिनय गर्ने तयारीमा रहेकी टिना देवको फिल्म छोडेर सञ्जयसँग फिल्म खेल्न आइन ।

नशाको भोगी रहेका सञ्जय टीन उनीसँग रिसाउने गर्थिन् । रिसको झोकमा हुँदा पनि उनी सञ्जयलाई जस्तोसुकै कदममा पनि सम्हाल्थिइन् । सञ्जयको साथमा रहन टिनाले आफ्नो करियर समेत दाउमा राखेर अगाडी बढिन् । अनेकौ कोसिस गर्दा पनि सञ्जय नसुध्रिएपछि टीनाले जिन्दगीको सबैभन्दा मुस्किल फैसला गरिन् । टीना सञ्जयलाई छोडेर अमेरिका पुगिन् । त्यसपछि टीनसँग छुटिनुको पिडा सहन नसकेका सञ्जय दिनरात नशामा नै बिताउन थाले ।

निकै माया गर्ने भएकाले सञ्जय टिनाको विषयम निकै झगडालु थिए । सञ्जयले एक अन्तर्वातामा भने ‘म टीनाको बारेमा निकै पोजेसिभ थिए , उनलाई करियर निर्माणमा कहिल्यै रोकठोक गरिन् तर उनले लगाउने कपडामा विषमा चाही झगडा भइरहन्थ्यो । टीनालाई म अत्याधिक चाहन्थे किनकी उनी मेरी थिइन् । मलाई लाग्थ्यो उनी सधै आफुलाई एक्सपोज गरुन् । म आफैलाई थाहा छ म धेरै स्वार्थी छु । टिनाको फिल्म हिट फ्ल्पको मतलब थिएन् । मात्र उनको करियरको मतलब थियो यदि फिल्म चलेन भने पनि उनी घरमै बस्छिन् ।’

उनीहरुको फिल्म ‘रकी’ सँगै ऋषि कपुरको फिल्म ‘कर्जा’ पनि रिलिज हुने तयारीमा रहेको थियो । दुवै फिल्मको अभिनेत्री टिना नै थिइन् । यसैबिच संकाको घेरामा रहेका सञ्जयले टिना र ऋषि अफयरमा रहेको संका गर्न थाले । यहि कारण ऋषिदेखि रिसले उग्र भएको सञ्जयले ऋषिलाई कुट्ने योजन बनाए । नशामा रहेर ऋषिलाई पिट्ने योजनमा गएका सञ्जयलाई बाटोमा नीतु सिंहले भेटिन् । उनले आफ्नो संका नीतुलाई बताएपछि उनले सञ्जयलाई सम्झाइन् । त्यसपछि सञ्जयले ऋषिलाई कुट्ने जिद्दी छोडेर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

21 + = 22