मुस्ताङको बाक्लो हिउँमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास (तस्बिर)

  • 148
  •  
  •  
    148
    Shares

काठमाडौं, २९ माघ । नेपाल र अमेरिकाबीच सरकारी स्तरमा केही तिक्तता उत्पन्न भए पनि सैन्यस्तरमा भने सम्बन्ध प्रगाढ नै छ । भेनेजुयला प्रकरणले दुई देशबीचको सरकारमा केही असमझदारी देखिएको छ ।

तर, नेपाली सेना र अमेरिकी सेनाले यस्तो चिसोमा पनि संयुक्त अभ्यास गरेका छन् । अहिले मनाङ र मुस्ताङमा बाक्लो हिमपात भइरहेको छ । यस्तो अवस्थामा पनि अमेरिकी इन्डो–प्यासिफिक कमान्ड र नेपाली सेनाको महावीर रेन्जर्स रेजिमेन्टले मुस्ताङमा संयुक्त अभ्यास सञ्चालन गगरिरहेका छन् ।

यस्तो सैन्य अभ्यास १५ वर्षदेखि हुँदै आएको अमेरिकी दूतावासले जनाएको छ । यस्ता खाले अभ्यासहरूले सैन्य र रक्षासम्बन्धी विविध सिप र ज्ञान अभिवृद्धि हुने मात्रै नभई नेपाल र अमेरिकाबीचको सैन्य सम्बन्ध र मित्रता अझै दरिलो बनाउने विश्वास रहेको दूतावासले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 75 = 77