विवाह मण्डपमा ढिलो आएको भन्दै आक्रोशित भएका बेहुलाले बेहुलीकी बहिनीलाई थप्पड हानेपछि रित्तै फर्किए जन्ती

  • 224
  •  
  •  
  •  
  •  
    224
    Shares

काडमाडौँ । वसन्त पञ्चमीको अवसरमा मुख्यमन्त्री कन्यादान योजना अन्तर्गत मध्येप्रदेशको खण्डवामा भएको सामूहिक विवाह कार्यक्रममा निकै रोचक घटना घटेको छ । ठूलो संख्यामा उपस्थित भएको वर वधु पक्षका मानिसहरु यो घटनादेखेर दंग परेका छन् ।

सामूहिक रुपमा ४० जना जोडीको विवाह तयारी भएको थियो । विवाहको लागि सबै जोडी तयार भएका थिए । तर एक जोडी भने तयार भएका थिइनन् । वधु पक्षबाट सबैजना नपुगेको कारण ठिक पर्न समय लागेको थियो । ढिलो उपस्थित भएको कारण बेहुला रिसले आक्रोसित भएर बसेका थिए ।

रिसले चुर भएर बसेका बेहुलाले कतै नहेरी बेहुलीको बहिनीमाथि एक्कासी रिस पोखेर एक थप्पड लगाएर यति ढिला किन भनेर सोधे । यसरी बेहुलीको बहिनीले थप्पड खाएपछि बेहुला र बेहुली दुबैपक्षका मानिसहरुमा लडाइ सुरु भयो । जबकी यहि कारण दुवै पक्ष विवाह नै नगरि घर फर्के । यद्यपी यो विषयमा दुवै पक्षबाट यति बेलासम्म कुनै उजुरी पुगेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

89 + = 98