स्व. धनपति प्रसाईको स्मृतिमा निर्मित सरस्वती माताको मन्दिर ह्स्तान्तरण

  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

नेत्र बिक्रम बिमली, हल्दीबारी, झापा । स्व. धनपति प्रसाईको स्मृतिमा निर्मित सरस्वतीको मन्दिर हल्दीबारी स्थित राष्ट्रिय एकता प्राबीलाई विशेष कार्यक्रमको बिच ह्स्तान्तरण गरिएको छ । आफ्ना स्व.पिता . धनपति प्रसाईको स्मृतिमा निर्मित सरस्वती माताको मन्दिर उनका छोरा समाज सेवी कृष्ण प्रसाईले १ लाख ७० हजारको लागतमा बनाइदिएको विधालयका प्रधान अध्यापक द्वारीका सुवेदीले बताएका छन् ।

सरस्वती माताको मन्दिर ह्स्तान्तरण कार्यकर्ममा निवार्चन क्षेत्र नं. ३ ख का प्रदेश सभासद पूर्णसिंह राजबंशी ,वडाध्यक्ष राजेन्द्र योङहाङ् , शिक्षा अधिकारी दिनेश आचार्य , वि.व्य.स.अध्यक्ष हरिकृष्ण अधिकारी , समाज सेवी कृष्ण प्रसाइ , विधालयका प्रधान अध्यापक द्वारीका सुवेदी लगायतले कार्यकम्रमा आ– आफ्नो विचार राखेका थिए ।

वि.व्य.स.अध्यक्ष हरिकृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अथिती निवार्चन क्षेत्र नं. ३ ख का प्रदेश सभासद पूर्णसिंह राजबंशी रहनू भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =